तनहुँ । विश्व बैंकको अनुदानमा तनहुँका व्यास र शुक्लागण्डकी नगरपालिकामा सञ्चालित दुई सडक स्तरोन्नति आयोजनामा ढिलाइ भएको छ ।
सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सञ्चालित यी आयोजनाको निर्माण कार्यमा अपेक्षित प्रगति हुन सकेको छैन । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको थियो ।
व्यास नगरपालिकामा पराशर मार्ग र शुक्लागण्डकी नगरपालिकामा दुलेगौडा–लामागाउँ सडकखण्डको स्तरोन्नति भइरहेको छ । दुवै सडक अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्ने सम्झौता भएको छ । व्यास नगरपालिकाका वडा नं ७, ९, १० र ११ लाई जोड्ने चक्रपथको रूपमा रहेको पराशर मार्गको १०.५५ किलोमिटर खण्ड कालोपत्र गर्ने कार्य भइरहेको छ ।
यो सडकखण्ड बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कूल–कलेस्ती हुँदै जोडिन्छ । हालसम्म यस आयोजनाको भौतिक प्रगति १८.२९ प्रतिशत मात्र रहेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले तोकिएको समयसीमा (पुस २०८२) भित्र काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताए ।
आयोजना विसं २०८२ असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा प्रगति सुस्त भएपछि छ महिना म्याद थप गरिएको नगरपालिकाका सिनियर डिभिजन इञ्जिनियर डा. राजु पौडेलले जानकारी दिए । यो सडक स्तरोन्नतिका लागि बिकेएचटिडिसीएल एसिपिएल जेभी कालीमाटीसँग रु. ४० करोड ८३ लाख ३५ हजार ९२१ मा ठेक्का सम्झौता भएको थियो ।
शुक्लागण्डकी नगरपालिकाको दुलेगौडा–लामागाउँ सडकखण्डमा ४५ प्रतिशत भौतिक प्रगति भएको छ । ७.१ किलोमिटर लामो यो सडकखण्ड कालोपत्रका लागि विसं २०८० चैत २५ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । ठेक्का रकम रु. २७ करोड ३४ लाख ७९ हजार ८३४ रहेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताए ।
अबको ६१ दिनमा काम सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए । यो सडकखण्ड शुक्लागण्डकी–४ दुलेगौडाबाट सुरु भई वडा नं ८, ९ र १२ लाई जोड्छ । बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालबेँसी, मालेबगर हुँदै लीलाचोकसम्म कालोपत्र हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: