Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

नीति अभावले करोडौँको काठ वनमै कुहिँदै

खबरडबली संवाददाता

कञ्चनपुर । वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज भएको पाँच वर्ष बितिसक्दा पनि नयाँ दिगो कार्यविधि नआउँदा कैलाली र कञ्चनपुरका सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूह समस्यामा परेका छन् । 

काठ सङ्कलनमा रोक लगाइँदा करोडौँ मूल्यको काठ वनमै कुहिन थालेको छ । २०७७ माघ ११ मा सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरेपछि स्वीकृत कार्ययोजना कार्यान्वयनमा रोक लागेको सामुदायिक वन समन्वय समितिका सचिव वीरबहादुर राजवंशीले बताए । “काठ सङ्कलन र बिक्रीमा कानुनी अड्चनले वन संरक्षण र सम्वद्र्धनमा बाधा पुगेको छ,” उनले भने ।

वन ऐन २०७७ र वन नियमावली २०७८ मा सिल्भिकल्चर प्रणालीमार्फत वन व्यवस्थापनको व्यवस्था भए पनि नयाँ कार्यविधिको अभावले उपभोक्ता समूह आर्थिक, सामाजिक र संस्थागत रूपमा प्रभावित भएका छन् । बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले कार्यविधि अभावले वन व्यवस्थापन, जीविकोपार्जन र संस्था सञ्चालनमा समस्या आएको बताए ।

वैज्ञानिक वन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका सुदूरपश्चिम संयोजक पुष्कलबहादुर बमको नेतृत्वमा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई २३ बुँदे ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनपत्रमा कर प्रणाली सुधार, बैंक ऋणमा पहुँच, काष्ठ तथा गैरकाष्ठ उद्योगका लागि अनुदान र तालतलैया व्यवस्थापनमा सामुदायिक वनको अधिकार सुनिश्चित गर्न माग गरिएको छ ।

सुदूरपश्चिममा ६० प्रतिशत भूभाग वन क्षेत्रले ओगटे पनि व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सामुदायिक वनको आम्दानीको १० प्रतिशत प्रदेश र स्थानीय तहको सञ्चित कोषमा, तथा बाह्य बिक्रीको २५ प्रतिशत प्रदेश कोषमा जम्मा गर्नुपर्ने प्रावधानले उपभोक्तालाई थप मार परेको छ । दोहोरो-तेहरो कर प्रणाली हटाई ‘एकद्वार कर प्रणाली’ लागू गर्न माग गरिएको छ ।

संघीय वन नियमावली २०७९ अनुसार घाटगद्दीको बाँकी काठमध्ये २५ प्रतिशत आपूर्ति समितिमा पठाउने प्रावधान भए पनि कार्यान्वयन हुन सकेको छैन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending