Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

एमाले र कांग्रेसका कारण शिक्षा विधेयक पारित हुन सकेन: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक पारित हुन नसक्नुमा नेकपा एमाले र नेपाली कांग्रेसको अडानलाई दोष दिएका छन् । 

अनेरास्ववियू क्रान्तिकारीले बिहीबार काठमाडौंमा आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालको संविधानले सबैलाई समान शिक्षा प्रदान गर्ने परिकल्पना गरेको उल्लेख गर्दै संविधानअनुरूप शिक्षाको कार्यान्वयन हुन नसक्नु दुखद भएको बताए । 

उनले निजी शिक्षालाई क्रमशः नियन्त्रण गर्दै सार्वजनिक शिक्षालाई सुविधासम्पन्न बनाउनुपर्नेमा जोड दिए । “सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्ने शिक्षा नीति निर्माण गर्नुपर्छ,” उनले भने । प्रचण्डले समाजवाद उन्मुख राज्य र शिक्षाले धनी र गरिबबीच विभेद नगरी समान अवसर प्रदान गर्ने नीति अवलम्बन गर्नुपर्ने बताए । 

उनले भने, “हामीले सामन्तवाद र निरंकुशतावादविरुद्ध सङ्घर्ष गर्दै लोकतान्त्रिक र राष्ट्रिय स्वाधीनताका पक्षधर शिक्षा नीति निर्माणमा जोड दिएका छौँ । संविधानले शिक्षा, स्वास्थ्य र रोजगारलाई मौलिक अधिकारका रूपमा परिभाषित गरेको छ । यसको मूल मर्म भनेको शिक्षालाई राज्यले नियन्त्रण गरी सबैलाई समान अवसर प्रदान गर्नु हो ।”

उनले आफ्नो कार्यकालमा उच्च शिक्षाका समस्याहरू समाधान गर्न उच्च शिक्षा आयोग गठन गरिएको र त्यसले दिएका सुझावहरू अहिलेको सरकारले बेवास्ता गरेको गुनासो गरे । “आयोगको प्रतिवेदन नै गायब पारियो,” उनले भने ।

प्रचण्डले विद्यालय शिक्षा विधेयक लामो समयसम्म संसद्मा अड्किएको र त्यसमा चलखेल भएको थाहा पाएपछि आफूले विधेयक फिर्ता लिई पुनः दर्ता गरेको दाबी गरे । “एमाले र कांग्रेसका कारण विधेयक संसद्मा पुग्न ढिलाइ भएको हो । यस विषयमा कसैले भ्रममा नपर्न म आग्रह गर्छु,” उनले भने ।

उनले समाजवाद उन्मुख शिक्षा नीतिले दलाल पूँजी, नोकरशाही पूँजी र सामाजिक विभेदका सबै रूपहरूलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । “राज्यले शिक्षालाई नियन्त्रण गरी सबैलाई समान अवसर प्रदान गर्ने नीति बनाउनुपर्छ,” प्रचण्डले थपे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन : ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्...

‘केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्जना’ विषयमा विद्यावारिधी

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उ...

जेनजी सहिद : दुई पुस्ताको विद्रोह, जनयुद्धदेखि जेनजी आन्दोलनसम्म…

सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए ।  २०५२ साल ...

भोजपुरमा ‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...

कृषि मन्त्रालयद्वारा दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...

४० हजार पर्यटक थेग्न सक्ने क्षमता भएको पोखरामा यस्तो छ नयाँ वर्षको तयारी

कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ ।  रङ्ग...

नवलपुरमा स्कारपियोको ठक्करबाट एककाे मृत्यु

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...

विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् ।  आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...

उदयपुरमा जंगली हात्ती गाउँ पस्दा झन्डै तीन लाखको क्षति

उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...

बर्दियामा बाघको आक्रमणबाट बालिकाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु  भएको हो। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending