Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

पोखराले ल्यायाे नगर ऊर्जा योजना

खबरडबली संवाददाता

पाेखरा ।  कास्कीको पोखरा महानगरपालिकाले मङ्गलबार प्रथम नगर ऊर्जा योजना (एमइपी) सार्वजनिक गरेको छ ।

पाँच वर्षे अवधिको यो योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै ऊर्जा पहुँच विस्तार गर्ने, ऊर्जा दक्षता अभिवृद्धि तथा नवीकरणीय ऊर्जाको प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।

यो योजना लागू गर्न एक अर्ब ३३ करोड ३० लाख ८२ हजार रुपियाँ लाग्ने अनुमान गरिएको छ । यो योजनाले दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनामा योगदान गर्ने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । नगर प्रमुख आचार्यसहित वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौंका उप कार्यकारी निर्देशक डा. नारायणप्रसाद अधिकारी, जिआइजेड नेपालका वरिष्ठ ऊर्जा विशेषज्ञ डा नारायणप्रसाद चौलागाईले योजना सार्वजनिक गरेका हुन् । 

ऊर्जा विकास उपसमितिले बनाएको यो योजनामा जिआइजेड नेपालको ‘रिप–ग्रीन’ कार्यक्रमको प्राविधिक सहयोग छ । नौ चरणमा विभिन्न प्रक्रिया हुँदै योजना तयार भएको हो । योजना तयारीका क्रममा सरोकारवालासँग छलफलसमेत गरिएको थियो । २०८१ फागुनमा पोखरा महानगरपालिकाले यो योजनालाई अनुमोदन गरेको थियो ।

नगर प्रमुख आचार्यले सरोकारवाला निकायसँग सहकार्य गर्दै योजनाको प्रभावकारी कार्यान्वयन गरिने प्रतिवद्धता गरे । “पर्यटन राजधानी पोखरालाई हरियाली र ऊर्जामैत्री सहर बनाउन यो कोसेढुङ्गा सावित हुनेछ,” उनले भने, “तीन तहहै सरकारबिच प्रभावकारी समन्वय कायम गरी यो योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।”

योजनाले घरायसी रुपमा स्वच्छ, प्रभावकारी र नवीकरणीय ऊर्जा उत्पादन तथा उपयोगमा वृद्धि गर्दै परम्परागत तथा आयातीत इन्धनको सट्टा स्थानीय स्रोतमा आधारित नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । 

व्यापारिक तथा औद्योगिक क्षेत्रमा ऊर्जा दक्षताको अभिवृद्धि गर्दै हरित गृहग्यास उत्सर्जन घटाउन नीतिगत पहल र शैक्षिक अभियानमार्फत जनचेतना बढाउने योजनासमेत यसमा छ । 
यो कार्यक्रम जिआइजेड तथा यसका साझेदार संस्था ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा कार्यान्वयन हुनेछ ।

कार्यक्रमका सहभागीहरुले क्षेत्रफलमा देशकै ठूलो र सवा पाँच लाख जनसङ्ख्या भएको पोखराका लागि यो योजनाले व्यवस्थित सहर बनाउन सघाउने धारणा राखेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: