पाेखरा । कास्कीको पोखरा महानगरपालिकाले मङ्गलबार प्रथम नगर ऊर्जा योजना (एमइपी) सार्वजनिक गरेको छ ।
पाँच वर्षे अवधिको यो योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै ऊर्जा पहुँच विस्तार गर्ने, ऊर्जा दक्षता अभिवृद्धि तथा नवीकरणीय ऊर्जाको प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।
यो योजना लागू गर्न एक अर्ब ३३ करोड ३० लाख ८२ हजार रुपियाँ लाग्ने अनुमान गरिएको छ । यो योजनाले दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनामा योगदान गर्ने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । नगर प्रमुख आचार्यसहित वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौंका उप कार्यकारी निर्देशक डा. नारायणप्रसाद अधिकारी, जिआइजेड नेपालका वरिष्ठ ऊर्जा विशेषज्ञ डा नारायणप्रसाद चौलागाईले योजना सार्वजनिक गरेका हुन् ।
ऊर्जा विकास उपसमितिले बनाएको यो योजनामा जिआइजेड नेपालको ‘रिप–ग्रीन’ कार्यक्रमको प्राविधिक सहयोग छ । नौ चरणमा विभिन्न प्रक्रिया हुँदै योजना तयार भएको हो । योजना तयारीका क्रममा सरोकारवालासँग छलफलसमेत गरिएको थियो । २०८१ फागुनमा पोखरा महानगरपालिकाले यो योजनालाई अनुमोदन गरेको थियो ।
नगर प्रमुख आचार्यले सरोकारवाला निकायसँग सहकार्य गर्दै योजनाको प्रभावकारी कार्यान्वयन गरिने प्रतिवद्धता गरे । “पर्यटन राजधानी पोखरालाई हरियाली र ऊर्जामैत्री सहर बनाउन यो कोसेढुङ्गा सावित हुनेछ,” उनले भने, “तीन तहहै सरकारबिच प्रभावकारी समन्वय कायम गरी यो योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।”
योजनाले घरायसी रुपमा स्वच्छ, प्रभावकारी र नवीकरणीय ऊर्जा उत्पादन तथा उपयोगमा वृद्धि गर्दै परम्परागत तथा आयातीत इन्धनको सट्टा स्थानीय स्रोतमा आधारित नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।
व्यापारिक तथा औद्योगिक क्षेत्रमा ऊर्जा दक्षताको अभिवृद्धि गर्दै हरित गृहग्यास उत्सर्जन घटाउन नीतिगत पहल र शैक्षिक अभियानमार्फत जनचेतना बढाउने योजनासमेत यसमा छ ।
यो कार्यक्रम जिआइजेड तथा यसका साझेदार संस्था ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा कार्यान्वयन हुनेछ ।
कार्यक्रमका सहभागीहरुले क्षेत्रफलमा देशकै ठूलो र सवा पाँच लाख जनसङ्ख्या भएको पोखराका लागि यो योजनाले व्यवस्थित सहर बनाउन सघाउने धारणा राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - २०:२९
तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...
पौष १६ गते, २०८२ - २०:२४
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...
पौष १६ गते, २०८२ - २०:०४
महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...
पौष १६ गते, २०८२ - २०:०१
जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मधेश प...
पौष १६ गते, २०८२ - १९:४०
चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...
पौष १६ गते, २०८२ - १९:३४
बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...
पौष १६ गते, २०८२ - १९:२४
काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...
पौष १६ गते, २०८२ - १८:२८
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...
पौष १६ गते, २०८२ - १८:२१
उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् । तीन...
पौष १६ गते, २०८२ - १८:१६
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...




प्रतिकृया लेख्नुहोस्: