लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अनावश्यक भण्डारण नगर्न सर्वसाधारण तथा व्यवसायीलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले अत्यन्तै जरुरी सूचना जारी गर्दै जिल्लामा हालसम्म पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको आपूर्ति सहज रुपमा भइरहेकाले कृत्रिम अभाव सिर्जना हुने गरी भण्डारण नगर्न अनुरोध गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार केही व्यक्ति तथा खुद्रा बिक्रेताले बढी मूल्यमा बिक्री गर्ने वा सञ्चय गर्ने उद्देश्यले आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थ र ग्यास भण्डारण गरी लुकाएर राखेको भन्ने गुनासो प्राप्त भएपछि प्रशासननले अनावश्यक भण्डारण नगर्न चेतावनी दिएको हो ।
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले बजारमा आधा सिलिन्डर ग्यास पठाउन समेत सुरु गरिसकेको प्रशासनले जनाएको छ । सूचनामा सबै नागरिकले अत्यावश्यक सेवा सहज रुपमा पाउने अधिकारलाई ध्यानमा राख्दै पेट्रोल पम्पहरूले सवारीसाधनबाहेक ड्रम, जर्किन, बोतललगायतका भाँडामा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न निर्देशन दिइएको छ । साथै कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा पेट्रोलियम पदार्थ र ग्यास बिक्री वितरण नगर्न पनि आग्रह गरिएको छ ।
प्रशासनको सूचनाको उल्लङ्घन गरी पेट्रोलियम पदार्थ र ग्यासको कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारी गरेको पाइएमा कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम कडा कारबाही गरिने चेतावनी जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १६ गते, २०८३ - १७:४७
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अ...
बैशाख १६ गते, २०८३ - १७:४१
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्द...
बैशाख १६ गते, २०८३ - १७:३२
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ । ललितपुरको बीपी...
बैशाख १६ गते, २०८३ - १७:०९
काठमाडौं । नेपाल बार एशोसिएसनले राष्ट्रपतिसमक्ष सिफारिस गरिएका अध्यादेशहरू तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार महासचिव केदारप्रसाद कोइरा...
बैशाख १६ गते, २०८३ - १६:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुने जानकारी ...
बैशाख १६ गते, २०८३ - १६:४५
काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ। उक्त आयोग गैरकानुनी भएको दाबी गर्दै यसको...
बैशाख १६ गते, २०८३ - १६:३३
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका छन्। बुधबार सर्लाहीमा...
बैशाख १६ गते, २०८३ - १६:२३
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले पार्टीका सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन्। सिंहदरबारस्थित ...
बैशाख १६ गते, २०८३ - १६:०४
अस्ट्रेलिया। दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका ...
बैशाख १६ गते, २०८३ - १५:४०
काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैलीलाई अलोकतान्त्रिक र असंसदीय ...


प्रतिकृया लेख्नुहोस्: