Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

यमनमा आप्रवासी बोकेको डुङ्गा डुब्दा ६८ जनाको मृत्यु

खबरडबली संवाददाता

दुबई । यमनमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासनमामिला हेर्ने निकायले सोमबार जनाएको छ । राष्ट्रसङ्घीय निकायका अनुसार डुङ्गामा अधिकांश इथियोपियालीहरू थिए भने डुङ्गा डुबेपछि दर्जनौँ अझै बेपत्ता छन् ।

हालसम्म डुङ्गामा सवार १५७ मध्ये ६८ जनाको मृत्यु हुनुका साथै १२ जनालाई उद्धार गरिएको तथा बेपत्ताहरूको खोजीकार्य जारी रहेको अन्तराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) अभियानका देशीय निर्देशक अब्दुसाट्टोर एसोभलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

यसअघि आइतवार दक्षिणी यमनको अब्यान प्रान्तको सुरक्षा स्रोतहरूले आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुदाँ २७ जनाको मृत्यु भएको जनाएका थिए ।

सन् २०१४ देखि यमनमा चलिरहेको युद्धको कारण आप्रवासन समस्या बढेको जनाइएको छ । हजारौँले खाडी देशहरूमा पुग्ने आशामा जिबूटीबाट यमनसम्मको ‘पूर्वी मार्ग’ रेड सी पार गरेर जाने गर्छन् ।

प्रान्तको सुरक्षा निर्देशनालयले समेत यमनको अब्यानको तटमा डुबेको डुङ्गामा अधिकांश इथियोपियाली आप्रवासीहरू रहेको पुष्टि गरेको छ । आइतवार सुरक्षा बलले शवहरू निकाल्ने र जिवितहरुको उद्धार गर्ने अभियान चलाइरहेको बताएको थियो ।

गत महिना आप्रवासीहरूलाई बोकेको डुङ्गामा रेड सीमा तस्करहरूले आक्रमण गरेपछि कम्तिमा आठ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सीले जनाएको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनका अनुसार दशौँ हजार आप्रवासीहरू यमनमा फसेका छन् र उनीहरूको यात्राको क्रममा दुव्र्यवहार र शोषणको सामना गरिरहेका छन् ।

गत वर्ष आइओएमले ‘रेड सी’ मार्गमा कम्तिमा ५५८ जनाको मृत्यु भएको रेकर्ड गरेको थियो, जसमा ४६२ जनाको मृत्यु डुङ्गा दुर्घटनाका कारण भएको मानिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending