लेखनाथ। बजेट अधिवेशनका रुपमा चिनिने गण्डकी प्रदेशसभाको अधिवेशन आज दिउँसोबाट सुरु हुँदै छ । सोमबार दिउँसो २ बजे भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पोखरा–५, मालेपाटनमा रहेको हलमा अधिवेशन हुनेछ ।
जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा र प्रदेशसभाको सचिवालय ध्वस्त भएपछि कृषि मन्त्रालयको हललाई अस्थायी प्रदेशसभा बैठकस्थल बनाइएको हो । प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफल सुरु गर्ने तयारी छ ।
प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले नीति तथा कार्यक्रम, बजेटसहित दुई विधेयक यो अधिवेशनमा पेश हुने तयारी भएको बताए। “नीति तथा कार्यक्रम र बजेट त यो अधिवेशनमा आउने नै भए,” उनले भने, “गाँजासम्बन्धी विधेयक र खाद्य विधेयक पनि प्रदेशसभामा पेश हुने जानकारी पाएका छौँ ।”
प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रिपरिषद्को सिफारिसमा जेठ ५ गते अधिवेशन आह्वान गरेको थिए । पहिले नदीपुरमा प्रदेशसभा सचिवालय र बैठकस्थल रहेकै स्थानको पछाडि नयाँ आधुनिक भवन निर्माण जारी छ । अहिले अस्थायी रुपमा प्रदेशसभा सचिवालय राखिएको पोखरा १२ मा बैठक स्थल नहुँदा मन्त्रालयको हलमा बैठक बस्न लागेको हो । प्रदेशसभाको बैठक कक्ष निर्माणका लागि त्यहाँ टेन्डर भई काम सुरु भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - ११:२५
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९०...
जेष्ठ ११ गते, २०८३ - ११:०८
लेखनाथ। बजेट अधिवेशनका रुपमा चिनिने गण्डकी प्रदेशसभाको अधिवेशन आज दिउँसोबाट सुरु हुँदै छ । सोमबार दिउँसो २ बजे भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्राल...
जेष्ठ ११ गते, २०८३ - १०:३६
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आ...
जेष्ठ ११ गते, २०८३ - १०:२८
डडेल्धुरा। रुखबाट खसेर डडेल्धुरामा एक बालविकास शिक्षिकाको मृत्यु भएको छ । आइतबार जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडाकी शिक्षिका लक्ष्मी भण्डारीको रुखब...
जेष्ठ ११ गते, २०८३ - १०:२२
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिकाका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अव...
जेष्ठ १० गते, २०८३ - १७:२३
बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् ।...
जेष्ठ १० गते, २०८३ - १७:११
काठमाडौं । बागमती नदी मा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव फेला परेको छ भने अन्य तीन जना सकुशल भेटिएका छन्। शनिबार दिउँसो रौतहट र सिन्धु...
जेष्ठ १० गते, २०८३ - १६:५३
नेपाल क्रिकेट संघ (क्यान)ले भारत भ्रमणमा सहभागी हुने नेपाल ए टोली घोषणा गरेको छ। क्यानले भारतको उत्तराखण्ड मा मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन ह...
जेष्ठ १० गते, २०८३ - १६:३०
काठमाडौँ। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयो...
जेष्ठ १० गते, २०८३ - १६:२६
कालीकोट। बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा भएको घटनाको छानबिन, दोषीमाथि कारबाही तथा पीडितलाई न्यायको माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडो...



प्रतिकृया लेख्नुहोस्: