काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वप्रति स्थायी समिति सदस्यहरूको एकमत समर्थन रहेको बताएका छन् ।
पार्टीको स्थायी समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सापकोटाले नेतृत्वबारे कुनै विवाद नरहेको दाबी गर्दै भने, “पार्टी अध्यक्षप्रति सबैको बलियो साथ छ । प्रभाकरजीले समेत अध्यक्षको प्रस्तावमा कुनै विरोध गर्नुभएको छैन ।”
सापकोटाका अनुसार, शुक्रबारदेखि जारी बैठकमा अधिकांश सदस्यहरूले नेतृत्वको विकल्प नरहेको स्पष्ट रूपमा बताएका छन् । “हिजो र आजको बैठकमा सदस्यहरूले नेतृत्वलाई अझ सुदृढ र सबल बनाउनुपर्नेमा जोड दिएका छन्,” उनले भने ।
पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले बाह्य मञ्चमा नेतृत्वको आलोचना गरे पनि बैठकमा त्यसबारे नबोलेको सापकोटाले जानकारी दिए । उनका अनुसार, केही सदस्यले शर्माको अभिव्यक्तिप्रति आत्मालोचना गर्नुपर्ने माग राखे पनि उनले त्यसलाई स्वीकार गरेका छैनन् ।
शर्माको सार्वजनिक आलोचना र पार्टीभित्रको मौनता बीच विरोधाभास देखिएको बैठकमा वरिष्ठ नेताहरूले छलफलमार्फत समस्या समाधानको बाटो खोज्नुपर्ने धारणा राखेका छन् ।
सापकोटाका अनुसार, शनिबार र आइतबार अधिकांश स्थायी समिति सदस्यहरूले आफ्नो धारणा राखिसकेका छन् । भाेलि (सोमबार) को बैठकमा वरिष्ठ उपाध्यक्ष, महासचिव र अध्यक्ष प्रचण्ड स्वयंले धारणा राख्ने कार्यक्रम रहेको जानकारी दिइएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: