काठमाडौं । अर्थ मन्त्रालयद्वारा जारी ‘आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन’ अवज्ञा गर्दै २१ मन्त्रालयले १८ दिनमै २ सयभन्दा बढी कर्मचारी करारमा नियुक्त गरेका छन् । सचिव घनश्याम उपाध्यायले जारी गरेको स्पष्ट मापदण्ड विपरीत यी नियुक्तिहरू गरिएको पाइएको छ ।
मार्गदर्शनको बुँदा नम्बर ५० अनुसार, स्थायी दरबन्दी रिक्त रहेको अवस्थामा मन्त्रालयले पहिलो प्राथमिकतामा फाजिल कर्मचारी समायोजन गर्नुपर्नेछ । फाजिल कर्मचारी उपलब्ध नभए संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पदपूर्ति प्रयास गर्नुपर्ने, त्यसपछि मात्र अर्थ मन्त्रालयको पूर्वस्वीकृति लिएर करार नियुक्ति गर्न सकिने व्यवस्था छ ।
तर, मन्त्रालयहरूबाट यो प्रक्रिया लत्याइएको छ । एक मन्त्रालयका उपसचिवस्तरका शाखा प्रमुखले नाम नखुलाउने शर्तमा भने, “सचिवज्यूको निर्देशन मन्त्रालयमै पालना भएको छैन । हामीकहाँ पनि १८ दिनमै करिब दर्जनजति करार नियुक्ति भए । मेरो शाखामा समेत सहमति प्रक्रिया नअपनाई कम्प्युटर अपरेटर राखियो ।”
सूत्रका अनुसार गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबैभन्दा बढी करार नियुक्ति गरेका छन् । दुबै मन्त्रालयमा करिब २०–२० जना कम्प्युटर अपरेटर नियुक्त गरिएको बताइएको छ ।
गृह मन्त्रालयका एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने, “कसैलाई कम्प्युटर अपरेटर बनाएर ल्याइन्छ, तर उनीहरूले कम्प्युटर खोल्नसमेत जान्दैनन् ।” लोकसेवा आयोगको सिफारिस हुँदाहुँदै योग्य उम्मेदवारलाई नछानी सत्ता निकटकालाई रोजगारी दिने प्रवृत्तिले दक्षता अभाव झनै बढाएको कर्मचारीहरूको गुनासो छ । “वैकल्पिक योग्यताक्रमका उम्मेदवार राख्न सकिन्छ भन्ने व्यवस्था हुँदाहुँदै, सत्ताका निकटका, निर्वाचनमा सहयोग गरेका व्यक्तिहरूलाई रोजाइमा राखिन्छ,” एक अधिकारीले बताए ।
नियुक्तिमा देखिएको बेथितिका बाबजुद अर्थ मन्त्रालय स्वयंको निर्देशन उल्लंघन भएकोले नीति कार्यान्वयनप्रति गम्भीर प्रश्न उठ्न थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: