Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

बेनी–जोमसोम–कोरला सडकमा दैनिक सुख्खा पहिरो

खबरडबली संवाददाता

मुस्ताङ । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४, घोप्टेभिरमा सुख्खा पहिरोले सडक अवरुद्ध भएको छ । शनिबार बिहान मर्मतपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । यसअघि सोही स्थानमा चार पटक सडक अवरुद्ध भएको थियो । उपल्लो मुस्ताङ जोड्ने कागबेनी–कोरला सडकमार्गमा कागखोला, ताङ्वे खोला र मुस्ताङ गेटमा बाढीपहिरोले दैनिक सास्ती दिएको छ । सामान्य वर्षातमा पनि खोला उर्लिएर सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङ जाने यात्रुले ठूलो कठिनाइ खेप्नुपरेको छ ।

बारागुङ मुक्तिक्षेत्र–३, छुसाङ हुँदै उपल्लो मुस्ताङको लो–घेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दाले यो मनसुनमा पाँच पटक सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । पछिल्ला वर्षमा मुस्ताङमा नियमित वर्षा हुन थालेपछि तल्लो र उपल्लो मुस्ताङमा यात्रा गर्ने स्थानीय, पर्यटक र कर्मचारीलाई सुख्खा पहिरोले आउजाउमा कठिनाइ भएको छ । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जोखिमपूर्ण स्थानमा बाढीपहिरो पछि डोजर परिचालन गरे पनि दैनिक पाँचदेखि सात घण्टा सडक अवरुद्ध हुने गरेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ का वडाध्यक्ष कर्म घ्याचो गुरुङले बताए । वडाध्यक्ष गुरुङले भने, “बाढीपहिरोले मुस्ताङीलाई सताउने गरेको छ, जलवायु परिवर्तनका हरेक असरको सामना गर्नुपरेको छ ।”

विगत एक दशकअघिसम्म सामान्य वर्षाबाहेक बाह्रै महिना सडक सञ्चालन हुने गरेकोमा पछिल्ला वर्षहरूमा नियमित वर्षाले तल्लो र उपल्लो मुस्ताङमा बाढीपहिरोले बस्ती नै जोखिममा पर्ने गरेको छ । बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा सुख्खा पहिरो खस्ने गरेको छ । सामान्य वर्षा र हल्का हावाहुरीमा ढुङ्गामाटो खसेर सवारीसाधन र यात्रुलाई चोट लाग्ने जोखिम रहेकाले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रु रविन सुवेदीले बताए । 

भिरालो जमिन, भूमिगत पानी र कमजोर भू–बनावटका कारण बर्खामा सडकको अवस्था बुझेर मात्र यात्रा गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय मुस्ताङकी प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताए । सडक खण्डअन्तर्गत प्रहरी चौकीले यात्रुलाई सडकको अवस्था र जोखिमपूर्ण क्षेत्रबारे जानकारी दिने गरेको उनको भनाइ छ ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटरको सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिकाको सिमा क्षेत्र घाँसा आसपासको क्षेत्र सबैभन्दा जोखिमपूर्ण मानिन्छ । वर्षासँगै थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका हुँदै राष्ट्रिय राजमार्गमा जाने यात्रुलाई रातको समयमा आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending