Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

बेनी–जोमसोम–कोरला सडकमा दैनिक सुख्खा पहिरो

खबरडबली संवाददाता

मुस्ताङ । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४, घोप्टेभिरमा सुख्खा पहिरोले सडक अवरुद्ध भएको छ । शनिबार बिहान मर्मतपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । यसअघि सोही स्थानमा चार पटक सडक अवरुद्ध भएको थियो । उपल्लो मुस्ताङ जोड्ने कागबेनी–कोरला सडकमार्गमा कागखोला, ताङ्वे खोला र मुस्ताङ गेटमा बाढीपहिरोले दैनिक सास्ती दिएको छ । सामान्य वर्षातमा पनि खोला उर्लिएर सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङ जाने यात्रुले ठूलो कठिनाइ खेप्नुपरेको छ ।

बारागुङ मुक्तिक्षेत्र–३, छुसाङ हुँदै उपल्लो मुस्ताङको लो–घेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दाले यो मनसुनमा पाँच पटक सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । पछिल्ला वर्षमा मुस्ताङमा नियमित वर्षा हुन थालेपछि तल्लो र उपल्लो मुस्ताङमा यात्रा गर्ने स्थानीय, पर्यटक र कर्मचारीलाई सुख्खा पहिरोले आउजाउमा कठिनाइ भएको छ । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जोखिमपूर्ण स्थानमा बाढीपहिरो पछि डोजर परिचालन गरे पनि दैनिक पाँचदेखि सात घण्टा सडक अवरुद्ध हुने गरेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ का वडाध्यक्ष कर्म घ्याचो गुरुङले बताए । वडाध्यक्ष गुरुङले भने, “बाढीपहिरोले मुस्ताङीलाई सताउने गरेको छ, जलवायु परिवर्तनका हरेक असरको सामना गर्नुपरेको छ ।”

विगत एक दशकअघिसम्म सामान्य वर्षाबाहेक बाह्रै महिना सडक सञ्चालन हुने गरेकोमा पछिल्ला वर्षहरूमा नियमित वर्षाले तल्लो र उपल्लो मुस्ताङमा बाढीपहिरोले बस्ती नै जोखिममा पर्ने गरेको छ । बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा सुख्खा पहिरो खस्ने गरेको छ । सामान्य वर्षा र हल्का हावाहुरीमा ढुङ्गामाटो खसेर सवारीसाधन र यात्रुलाई चोट लाग्ने जोखिम रहेकाले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रु रविन सुवेदीले बताए । 

भिरालो जमिन, भूमिगत पानी र कमजोर भू–बनावटका कारण बर्खामा सडकको अवस्था बुझेर मात्र यात्रा गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय मुस्ताङकी प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताए । सडक खण्डअन्तर्गत प्रहरी चौकीले यात्रुलाई सडकको अवस्था र जोखिमपूर्ण क्षेत्रबारे जानकारी दिने गरेको उनको भनाइ छ ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटरको सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिकाको सिमा क्षेत्र घाँसा आसपासको क्षेत्र सबैभन्दा जोखिमपूर्ण मानिन्छ । वर्षासँगै थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका हुँदै राष्ट्रिय राजमार्गमा जाने यात्रुलाई रातको समयमा आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE