Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

माओवादी बैठक: पार्टीभित्रकाे अराजकता राेक्न माग

माओवादी छाडेर बसेका डा. बाबुराम भट्टराईको अर्को आलोचना

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट  पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा माओवादी छाडेर बसेका डा. बाबुराम भट्टराईको अर्को आलोचना भएको छ । माओवादी पार्टी र अन्य पार्टी एउटै खालका भन्ने अभिव्यक्ति दिएका भट्टराईको चर्को आलोचना भएको हो ।

स्थायी समिति सदस्य डा. विजयप्रकाश सैँजुले बाबुराम भट्टराईले केपी ओली र प्रचण्ड उस्तै भनेको कुरा स्मरण गर्दै बहसमा आउन चुनौती दिए । उनले बैठकमा भने, 'प्रचण्ड नभएको भए तपाइँ र हामी कहाँ हुन्थ्यौँ ? हामी यहाँ आउने अवस्था नै थिएन । अन्य पार्टी र माओवादी पार्टीको नेतृत्व कमरेड प्रचण्डबीच आकाश पातालको फरक छ । म डा. भट्टराईसँग बहस गर्न तयार छु ।' 

डा. सैंजुले पार्टीभित्र संगठनात्मक पद्दतीविरुद्ध बोल्ने काम भएको भन्दै उपहासचिव जनार्दन शर्माको आलोचना गरे । त्यस्तै बैठकमा धारणा राख्दै स्थायी समिति सदस्य पूर्णकुमारी सुवेदीले पार्टीभित्र देखिएको सांगठनिक अराजकता नियन्त्रणको माग गरिन् । उनले भनिन्, 'बाहिर अभिव्यक्ति दिँदा विधि मिच्नु भएन । विधि मिच्नेले नै विधिको कुरा गर्ने ? यो सांगठनिक अराजकता हो । अहिले नेतृत्वको रक्षा गदै गोलबद्ध हुनुपर्छ ।' 

बैठकमा आफ्ना  धारणा राख्दै स्थायी समिति सदस्यहरु टंक राई र प्रह्लाद बुढाथोकीले अध्यक्ष प्रचण्डले पार्टी बैठकमा राखेको प्रस्तावको समर्थन गरेका छन् । उनीहरुले पनि विधि पद्दतीअनुसार नै सबैजना चल्नुपर्नेमा जोड दिएका छन् । 

अर्का स्थायी समिति सदस्य खगराज भट्टले वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक केन्द्रीकरणका लागि अध्यक्ष प्रचण्डको नेतृत्व् अपरिहार्य भएको बताए । उनले भने, 'पार्टीभित्र विधि सबैले मान्नुपर्छ । अध्यक्षको प्रस्तावलाई एकमतले पारित गरेर जनतामा जानुको विकल्प छैन ।' 

जारी बैठकमा अर्का स्थायी समिति सदस्य कालीबहादुर मल्लले अध्यक्षको प्रस्तावलाई समर्थन गर्दै मध्यपहाडी राजमार्ग केन्द्रित अभियानले जनतामा उत्साह ल्याएको बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE