कञ्चनपुर। कञ्चनपुरमा बाघको खोजीका लागि निस्किएको हात्ती सहितको टोली बेलौरीबाट फिर्ता भएको छ । बुधबार साँझदेखि बाघको खोजीमा निस्किएको तीन हात्ती सहितको टोली शुक्रबार दिउँसो रित्तो हात फिर्ता भएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले जिल्ला स्थित बेलौरी नगरपालिका-९ आदर्श नगर र प्रगतीटोलमा देखिएको बाघको खोजीका लागि तीन हात्ती सहितको टोली परिचालन गरेको थियो । खोजीका लागि ‘रुपकली’ नामक पोथी हात्ती र दुई वटा भाले हात्ती (लव प्रसाद र सिद्ध प्रसाद) गरी तीन हात्ती सहितको टोली बेलौरी पठाइएको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए । हात्ती सहितको टोलीले प्रगति टोल र आदर्श नगर हुँदै नजिकको उखुबारीमा दुई दिनसम्म खोजी गरेको थियो ।
बाघको कुनै सङ्केत समेत फेला नपरेपछि शुक्रबार उक्त क्षेत्रमा चितुवा हुनसक्ने भन्दै टोली फिर्ता बोलाइएको सूचना अधिकारी वाग्लेले बताए ।
बेलौरी नगरपालिका–९ का वडाअध्यक्ष किसन सिंह रानाले यस क्षेत्रमा देखिने चितुवा, बाघले स्थानीय त्रसित बनेका बताउनुभयो । बाघको खोजीका लागि आएको टोली पनि फिर्ता भएको बताउनु हुँदै अध्यक्ष रानाले जनावर बाट सुरक्षित रहन समय–समयमा वडा कार्यालयले सूचना नै जारी गरेर जनचेतना फैलाउँदै आएको बताए ।
यसअघि गत असार पहिलो साता स्थानीय शंकर भट्टको गोठमै पसेर चितुवाले बाख्रा मारेको थियो । मंगलबार दिउँसो वडा नम्बर–९ स्थित आदर्श नगर र प्रगति टोलमा–२ डमरुसहित बाघ देखा परेको थियो । स्थानीयले बाघ देखेपछि शुक्लाफाँटा निकुञ्जको कार्यालयलाई खबर गरेका थिए ।
बुधबार साँझ बेलडाँडीमा बास बसेको हात्ती सहितको टोली बिहीबार राति बेलौरी नगरपालिका-९ कुण्डास्थित वैजनाथ मध्यवर्ती उपभोक्ता सामुदायिक वनमा बास बसेको थियो । स्थानीय, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा जनप्रतिनिधि सँगै बाघ देखिएको क्षेत्र र वरिपरिको क्षेत्रमा हात्ती लगेर खोजी गरिए पनि नभेट्टाएको टोलीमा सहभागी निकुञ्जका पञ्च चिकित्सक आभास श्रेष्ठले बताए।
शुक्रबार दिउँसो स्थानीय जनप्रतिनिधि, सशस्त्र प्रहरी, जनपद प्रहरीबिच भएको छलफलका क्रममा यस क्षेत्रमा चितुवा हुनसक्ने आशङ्का गरिएको उनले बताए । चितुवाले मानवीय क्षति नगर्ने र घरपालुवा, बाख्रा कुकुरमा आक्रमण गर्ने भएकाले सुरक्षित रहन आग्रह गरिएको उनले बताए। तर खोजीका क्रममा केही पनि नभेट्टिएपछि चितुवा हुनसक्ने निष्कर्षसहित टोली निकुञ्जको कार्यालयमा फिर्ता भएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: