पोखरा । सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको नाम गाउँपालिकामा छ, जनता चाहिँ सहरमा । बसाइसराइले हैरान भएपछि गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले लाभग्राही खोज्दै सहर छिर्ने भएको छ ।
हरेक वर्ष भत्ताका लागि लाभग्राही सूची नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । तर नागरिकहरू पालिकासम्म नआएपछि पालिका नै लाभग्राही खोज्न विभिन्न सहर जाने निधोमा पुगेको हो ।
गाउँपालिकाले सूचना जारी गर्दै पालिकामा दर्ता भई चितवन र काठमाडौँमा बसोबास गरिरहेका लाभग्राहीको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणका लागि घुम्ती शिविर सञ्चालन गर्न लागेको जनाएको छ । यसबाट पालिकाको बसाइसराइलाई प्रस्ट पार्छ । सरकारी सुविधा लिन पनि गाउँमा नवीकरणका लागी नजाँदा पालिकालाई अतिरिक्त स्रोत खर्च गर्नुपर्ने बाध्यता बनेको छ ।
प्रमुख प्रशासकीय अधिकृत सुवाश आले नागरिकको सहजताका लागि यस्तो निर्णय गरिएको बताउँछन् । ‘सेवा लिन नागरिकहरू आफै आउनुपर्ने हो । तर धेरै असक्त, ज्येष्ठ नागरिक छन्,’ उनले भने, ‘धेरै संख्यामा चितवन र काठमाडौँमा छन् । सेवाग्राहीलाई सहज होस् भन्ने हेतुले गरिएको हो ।’ अघिल्लो वर्षसम्म जनप्रतिनिधिको जिम्माका आधारमा लाभग्राही सूची नवीकरण गर्ने गरिएको तर अहिले बायोमेट्रिक अनिवार्य भएका कारण सेवाग्राही उपस्थित हुनैपर्ने उनले बताए ।
‘यो वर्षदेखि बायोमेट्रिक गर्नुपर्छ । व्यक्ति नै उपस्थित हुनुपर्छ, कतिपय अस्पतालमा उपचार गराइरहेका छन् । झन् बिरामी बढ्न सक्छन् भन्ने लागेर गर्न लागिएको हो,’ अघि भने, ‘हामीले पालिकाभित्र पनि वडा र टोलमा यसैगरी गर्ने गरिएको छ । भत्ता वितरण पनि टोलटोलमै गएर वितरण गरिएको छ ।’ बारपाकका करिब ६ हजार नागरिकले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । तीमध्ये आधाभन्दा बढी पालिकाबाहिर रहेको आलेले जानकारी दिए ।
३ हजार मात्रै गाउँमा छन् । बाँकी ५ सय गोरखा बजारमा, १ हजार जति चितवन र १५ सय जति काठमाडौँमा बसोबास गर्ने उनले सुनाए । पालिकाबाट बसाइसराइ पनि बर्सेनि बढ्दो क्रममा रहेको पालिकाले जनाएको छ । सूचना अनुसार भदौ २६ र २७ गते चितवनमा तथा २९,३० र ३१ गते काठमाडौँमा लाभग्राही नवीकरण हुने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १२:३१
काठमाडौँ । आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरभित्रै भेटी चोरी गर्ने गिरोहका मुख्य आरोपी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको कार्...
पौष १७ गते, २०८२ - १२:२४
रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, गत असार ...
पौष १७ गते, २०८२ - १२:२०
काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अ...
पौष १७ गते, २०८२ - ११:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका लागि चितवन केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, उनको राजनीतिक यात्राको निर्...
पौष १७ गते, २०८२ - ११:०१
पुनर्निर्माणका लागि झण्डै १० अर्ब आवश्यक
पौष १७ गते, २०८२ - १०:४०
जाजरकोट । जाजरकोट प्रहरीले अवैध हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ। सिकार खेल्न गएका बेला एक जनाको मृत्यु भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई पक्...
पौष १७ गते, २०८२ - १०:३७
काठमाडौँ । वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको जटिल तथा दुर्लभ मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। कोटेश्वर निवासी ती वृद्धा अचेत अवस्थाम...
पौष १७ गते, २०८२ - १०:३५
रूपन्देही । उपभोक्ताको सुरक्षा र हितलाई मध्यनजर गर्दै रूपन्देहीको सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिले एक हजार १२ थान एलपी ग्यास सि...
पौष १७ गते, २०८२ - १०:३३
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतक स्थानीय ४५ वर्षीय विजय साह हुन्। ...
पौष १७ गते, २०८२ - १०:३०
भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुर जिल्लामा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या १ लाख २५ हजार ७६६ पुगेको छ। यसअघि जिल्लामा १ लाख...




प्रतिकृया लेख्नुहोस्: