काठमाडौँ । वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको जटिल तथा दुर्लभ मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। कोटेश्वर निवासी ती वृद्धा अचेत अवस्थामा अस्पताल ल्याइएकी थिइन्।
उपचारमा संलग्न चिकित्सक तथा वीर अस्पताल न्यूरोसर्जरी विभागका प्रमुख प्रा. डा. राजीव झाले ती वृद्धाको मस्तिष्कमा ठूलो मात्रामा रक्तश्राव (ब्रेन हेमरेज) भएको पत्ता लागेपछि तत्काल न्यूरोसर्जिकल शल्यक्रिया गरिएको जानकारी दिए।
डा. झाले भने, “बिरामी अस्पताल आउँदा अचेत अवस्थामा थिइन्। विस्तृत जाँच र परीक्षणपछि मस्तिष्कमा अत्यन्त ठूलो रक्तश्राव भइरहेको देखियो। यस्तो अवस्थामा तुरुन्तै शल्यक्रिया नगरे जीवन जोखिममा पर्न सक्थ्यो।”
उनका अनुसार १०० वर्षभन्दा बढी उमेरका बिरामीमा मस्तिष्कको शल्यक्रिया गर्नु चिकित्सकीय र नैतिक दुवै दृष्टिले अत्यन्त चुनौतीपूर्ण विषय हो। “यस्तो उमेरमा शल्यक्रिया गर्ने कि नगर्ने भन्ने निर्णय आफैंमा कठिन हुन्छ। न्यूरोसर्जरी विभागको सम्पूर्ण टोलीले गहन छलफल गर्यो र बिरामीका परिवारसँग विस्तृत परामर्शपछि शल्यक्रिया गर्ने सामूहिक निर्णयमा पुग्यौँ,” डा. झाले बताए।
डा. राजीव झाको नेतृत्वमा गरिएको शल्यक्रियामा डा. समीर अर्याल, डा. नम्रता खड्का, डा. आयुष विमली तथा स्टाफ नर्स सिन्धु गौतमलगायतको टोली संलग्न थियो। चिकित्सक टोलीका अनुसार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ र शल्यक्रियापश्चात् बिरामीको अवस्थामा उल्लेखनीय सुधार देखिएको छ।
हाल ती वृद्धा होसमा छिन्। उनी बोल्न सक्ने अवस्थामा पुगेकी छिन् भने आफैँ खाना खान सक्ने अवस्थामा रहेको चिकित्सकहरूले बताएका छन्।
डा. झाले १०० वर्षभन्दा माथिको उमेर समूहमा सफल मस्तिष्क शल्यक्रिया हुनु विश्वमै दुर्लभ मानिने उल्लेख गरे। “यो केवल चिकित्सकीय उपलब्धि मात्र होइन, आधुनिक न्यूरोसर्जरी र टोलीगत उपचारको सफल उदाहरण पनि हो,” उनले भने।
चिकित्सकहरूका अनुसार बिरामीलाई पछिल्लो एक महिनादेखि बेलाबेला टाउको दुख्ने, पटक–पटक लड्ने जस्ता समस्या देखिँदै आएको थियो। तर अवस्था गम्भीर बनेपछि मात्र उनी अस्पताल ल्याइएको बताइएको छ।
वीर अस्पतालले जटिल र उच्च जोखिमयुक्त शल्यक्रियामा समेत सक्षम रहेको यो घटनाले पुष्टि गरेको चिकित्सकहरूको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: