काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ।
गएराति करिब १ बजे तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको पुष्टि भएको छ। साहलाई दुई राउन्ड गोली लागेको बताइएको छ।
घटनापछि आक्रोशित बनेका स्थानीय झण्डै ७ सयको संख्यामा सडकमा उत्रिएर प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी गरेका छन् भने मृतकको शव नै सडकमा राखेर प्रदर्शन गरिरहेका छन्। स्थानीयले दोषी सुरक्षाकर्मीलाई तत्काल कारबाही गर्नुपर्ने माग गर्दै नाराबाजी गरेका छन्।
प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार राजमार्गमा सवारी साधन चल्न सकेका छैनन् भने मोटरसाइकल मात्रै आंशिक रूपमा आवत–जावत भइरहेको छ।
तस्करी नियन्त्रण क्रममा गोली चलेको सशस्त्र प्रहरीको दाबी
सशस्त्र प्रहरी स्रोतका अनुसार मृतक विजय साह आफ्नै सिटी सफारीमा भारतबाट चिनी, सर्फ र सुर्तीजन्य सामग्रीसहित नेपालतर्फ आउँदै गरेका थिए। सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरिएको बताइएको छ।
सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करको समूहसँग दोहोरो गोली हानाहान भएको दाबी गरेका छन्। उनका अनुसार चोरीको सामान रहेको सवारी रोक्न खोज्दा प्रहरीमाथि गोली प्रहार भएपछि एपीएफले जवाफी फायरिङ गरेको हो।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार बीओपी लौकहीबाट सशस्त्र प्रहरी हवल्दारको कमान्डमा खटिएको चार जनाको चेकप्वाइन्ट टोलीले भारतबाट आउँदै गरेको दुई वटा सिटी सफारीलाई चेकजाँच गर्न खोज्दा सिटी सफारीमा सवार व्यक्तिले दुई राउन्ड गोली चलाएका थिए। त्यसपछि सशस्त्र प्रहरीले बोकेको एसएलआरबाट पाँच राउन्ड गोली फायर गर्दा विजय साहको मृत्यु भएको हो।
घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। अवस्था नियन्त्रणमा लिन प्रयास जारी रहेको प्रहरीको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १२:३१
काठमाडौँ । आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरभित्रै भेटी चोरी गर्ने गिरोहका मुख्य आरोपी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको कार्...
पौष १७ गते, २०८२ - १२:२४
रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, गत असार ...
पौष १७ गते, २०८२ - १२:२०
काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अ...
पौष १७ गते, २०८२ - ११:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका लागि चितवन केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, उनको राजनीतिक यात्राको निर्...
पौष १७ गते, २०८२ - ११:०१
पुनर्निर्माणका लागि झण्डै १० अर्ब आवश्यक
पौष १७ गते, २०८२ - १०:४०
जाजरकोट । जाजरकोट प्रहरीले अवैध हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ। सिकार खेल्न गएका बेला एक जनाको मृत्यु भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई पक्...
पौष १७ गते, २०८२ - १०:३७
काठमाडौँ । वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको जटिल तथा दुर्लभ मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। कोटेश्वर निवासी ती वृद्धा अचेत अवस्थाम...
पौष १७ गते, २०८२ - १०:३५
रूपन्देही । उपभोक्ताको सुरक्षा र हितलाई मध्यनजर गर्दै रूपन्देहीको सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिले एक हजार १२ थान एलपी ग्यास सि...
पौष १७ गते, २०८२ - १०:३३
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतक स्थानीय ४५ वर्षीय विजय साह हुन्। ...
पौष १७ गते, २०८२ - १०:३०
भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुर जिल्लामा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या १ लाख २५ हजार ७६६ पुगेको छ। यसअघि जिल्लामा १ लाख...




प्रतिकृया लेख्नुहोस्: