याङ्गुन । म्यान्मारको सेनाप्रति वफादार सरकार (जुन्टा) ले आफ्नो योजनाबद्ध निर्वाचनविरूद्ध आलोचना वा प्रदर्शन गर्ने जो कोहीलाई जेल सजाय दिने नयाँ कानून लागु गरेको जनाएको छ ।
जुन्टाले सन् २०२१ मा भएको ‘कू’ मार्फत सत्ता कब्जा गरेको थियो । त्यसले बहुपक्षीय गृहयुद्ध निम्त्याएको थियो । जुन्टा प्रशासनले यसै वर्षको अन्त्यमा हुने निर्वाचनलाई शान्तिको मार्गको रूपमा व्याख्या गरेको छ । सेनाको कब्जाबाट अपदस्थ भएका डेमोक्र्याटिक सांसदहरूलगायत विपक्षी समूह र अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूले यो निर्वाचनलाई जुन्टाको शासनलाई वैधता प्रदान गर्ने षडयन्त्रको संज्ञा दिएका छन् ।
म्यान्मारको सरकारी अखबार द ग्लोबल न्यू लाइट अफ म्यान्मारका अनुसार ‘बहुपक्षीय लोकतान्त्रिक निर्वाचनलाई अवरोध र व्यवधान गर्नबाट जोगाउन ‘सुरक्षासम्बन्धी कानुन’ मङ्गलबार पारित गरिएको छ । यसको १४ पृष्ठ लामो निर्वाचनसम्बन्धी उक्त नयाँ प्रावधानमा ‘चुनावी प्रक्रियाको समस्या निम्त्याउनका लागि कुनै पनि भाषण, सङ्गठित, उक्साहट, विरोध वा पर्चा वितरण’ निषेध गरिएको छ ।
उक्त कानु्नी प्रावधानले ‘दोषी ठहर भएका व्यक्तिलाई तीनदेखि सात वर्षसम्म जेल सजाय हुन सक्ने समूहमा गरिएको कसुरमा पाँचदेखि १० वर्षसम्म जेल सजाय हुन सक्ने’ व्यवस्था गरेको छ । उक्त प्रावधानमा मतपत्र र मतदान केन्द्रमा क्षति पुर्याउनुका साथै मतदाता, उम्मेदवार र निर्वाचन कार्यकर्तालाई धम्क्याउने वा हानि पुर्याउनेलाई बढीमा २० वर्षको जेल सजाय हुने व्यवस्था गरिएको छ ।
“निर्वाचन बिथोल्ने प्रयासका क्रममा कसैको मृत्यु भएमा ‘अपराधमा संलग्न सबैलाई मृत्युदण्डको सजाय हुने छ’,” नयाँ कानुनी प्रावधानमा भनिएको छ । म्यान्मारमा देशको ठुलो क्षेत्रहरू जुन्ताको नियन्त्रणभन्दा बाहिर छन् । गत वर्ष मतदानअघि तथ्याङ्क सङ्कलनका लागि खटाइएका केही सरकारी जनगणना कर्मचारीहरूले प्रतिरोध र सुरक्षा खतराहरूको सामना गर्नुपरेको थियो।
देशको पाँच करोड १० लाख जनसङ्ख्यामध्ये अनुमानित एक करोड ९० लाख जनसङ्ख्याबाट तथ्याङ्क सङ्कलन गर्न सकिएको थिएन । विश्लेषकहरूले विद्रोहविरोधी लडाकू र जातीय सशस्त्र समूहहरूले जुन्टाले आफ्नो विरोधमा उत्रने नागरिकलाई निर्वाचन कानुनको हवाला दिँदै मतदानको दौडानमा समेत प्रजातन्त्र पक्षधर समूहलाई लक्षित गर्नसक्ने बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले गत महिना अन्तर्राष्ट्रिय समुदायलाई म्यान्माको चुनावी योजनालाई ‘धाँधली’ गर्ने ‘कुचेष्टा’ भन्दै अस्वीकार गर्न आह्वान गरेका थिए । म्यान्मामा मानवअधिकारको अवस्थाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक टम एन्ड्रुजले भने, “जुन्टाले चुनावी अभ्यासबाट वैध नागरिक सरकार निर्माण गर्ने यो मृगतृष्णा सिर्जना गर्न खोजिरहेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: