Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

काँकडभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा ढिलाइ

खबरडबली संवाददाता

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वमा  झापाको काँकडभिट्टादेखि पश्चिम सुनसरी लौकही सडकखण्ड स्तरोन्नतिमा लक्ष्यअनुसार प्रगति देखिएको छैन । यदि यही गतिमा काम हुने हो भने सम्झौता अवधि तीन वर्षभित्र सम्पन्न नहुने अनुमान गरिएको छ ।

काँकडभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर सडकमध्ये ९५.७६ किलोमिटर स्तरोन्नति सुरु गरिएको थियो । एसियाली विकास बैङ्कको ८४.९ प्रतिशत ऋण र नेपाल सरकारको १५.१ प्रतिशत लगानी रहेको उक्त योजना सम्पन्न भएपछि काँकडभिट्टा– लौकही सडकखण्डअन्तर्गत सहरी क्षेत्रमा चार लेनको बीचमा तीन मिटर चौडा डिभाइडर दुवैतर्फ सर्भिस लेन गरी ५० मिटर चौडाइको हुनेछ । 

त्यसैगरी, अर्ध सहरी क्षेत्रमा चार लेनमा दुवैतर्फ एक लेन थप गरी ३३ मिटर चौडा सडक  हुने र बाँकी भागमा चार लेनको २४ मिटर चौडा सडक हुने जनाइएको छ । काँकडभिट्टा–लौकही सडक योजनालाई काँकडभिट्टा–केर्खा सीतापुरीसम्म ४५ किलोमिटर पूर्वी खण्ड र केर्खा– इटहरीसम्म ५०.७६ किलोमिटर पश्चिमी खण्डमा गरी दुई भागमा विभाजन गरिएको छ । हालसम्म दुवै खण्डको ३० प्रतिशत भौतिक तथा वित्तीय प्रगति हुनुपर्नेमा पूर्वी खण्डको २१.१० प्रतिशत र पश्चिम खण्डको २५ प्रतिशत मात्र प्रगति छ । 

पूर्वी खण्डको काँकडभिट्टा–केर्खा सडक रु १० अर्ब छ करोडमा इभरस्कोन–कालिका जेभीले विसं २०८० कात्तिक २ गते ठेक्का सम्झौता गरी सोही वर्षको माघ १९ गतेदेखि कार्य प्रारम्भ गरेको सो खण्डका इञ्जिनियर आश्रय महतले बताए । 

सो खण्डमा ३०० मिटरभन्दा साना १८ वटा पुलमध्ये १७ वटा निर्माणाधीन छन् भने ६३ वटा कल्भर्ट निर्माण भएका छन् । दुई किलोमिटर ‘ड्रेन’ निर्माण गरिएको छ । आठ किलोमिटर सब–बेस सम्पन्न भएको छ । १.७ किलोमिटर बेस सम्पन्न भएको इञ्जिनियर महतले बताउनुभयो । यो सडक खण्डको पूरै भाग झापामा पर्दछ । 

विद्युतीय पोल सार्ने र सहरी क्षेत्रमा ‘साइट क्लियरेन्स’ अन्तिम चरणमा रहेको इञ्जिनियर महतले बताउनुभयो । हाल माटो अभावका कारण माटो भर्न नसक्दा केही ठाउँमा काम हुन नसकेको उनले बताए । 

३०० मिटरभन्दा लामा निन्दा, बिरिङ र कन्काई पुल निर्माणका लागि कोभेक क्रेग तुँदी जेभीले रु पाँच अर्ब ९७ करोडमा निर्माण गर्ने ठेक्का पाएको छ । हालसम्म उक्त पुलहरुको भौतिक प्रगति १९.३५ प्रतिशत छ । 

पश्चिमखण्डअन्तर्गत प्याकेज नं २, ३ र ५ गरी तीनवटा ठेक्काहरू छन् । प्याकेज नं २ झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्म ४० किलोमिटर छ । उक्त ठेक्का क्रेग तुँदी जेभीले रु नौ अर्ब १३ करोड ८२ लाखमा सम्झौता गरेको इञ्जिनियर पल्लब श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी, प्याकेज नं ३  मोरङको गोठगाउँदेखि इटहरी लबिपुरसम्म १०.७६ किलोमिटर छ । उक्त प्याकेजको ठेक्का कोभेक क्रेग तुँदी जेभीले रु चार अर्ब सात करोड ३५ लाखमा निर्माण गर्ने सम्झौता गरेको इञ्जिनियर श्रेष्ठले बताए । उनका अनुसार काम सुरु भएदेखि हालसम्मको प्रगति औसतमा २५ प्रतिशत छ । 

इञ्जिनियर श्रेष्ठका अनुसार प्याकेज नं २ र ३ को कुल लम्बाइ ५०.७६ किलोमिटरमा २८ वटा ३०० मिटरभन्दा साना पुलमध्ये चार वटा पुल, ६५ वटा कल्भर्ट निर्माणसम्पन्न भएका छन् ।

यसैगरी, नौ किलोमिटर साइट ड्रेन, १५ किलोमिटर सब बेस, चार किलोमिटर बेस र २.३ किलोमिटर पहिलो चरणको कालोपत्र सम्पन्न भएको छ । 

सहरी क्षेत्रमा सडकको क्षेत्राधिकारभित्रको घर, संरचना हटाउने कार्य भइरहेको र नेपाल विद्युत् प्राधिकरणको विद्युत पोल सार्ने जिम्मा पाएको निर्माण व्यवसायीले ढिलाइ गर्दा साइट क्लियर नभएकाले सोचेजस्तो प्रगति हासिल गर्न नसकिएको उनले बताए । 

पछिल्लो समय माटो तथा नदीजन्य निर्माण सामग्रीको अभावका कारण लक्ष्यअनुसार प्रगतिमा बाधा परेको इञ्जिनियर श्रेष्ठको कथन छ । उनले स्थानीय सरकार र प्रदेश सरकारले यस विषयमा आवश्यक सहजीकरण गरिदिएमा आगामी दिनमा निर्माण छिटो गर्न सकिने विश्वास व्यक्त गरे ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending