भारत । भारतको राजधानी दिल्लीसँगै जोडिएको उत्तरप्रदेश नोएडाको सर्फाबाद गाउँमा कुकुरलाई बिस्कुट खुवाउने सामान्य विवादले भयावह मोड लिएको छ ।
सो घटनामा समाचार संकलन गर्ने एक पत्रकारमाथि चक्कु प्रहार गरी ज्यान लिने प्रयाससमेत गरिएको छ । यस घटनाका आरोपीलाई प्रहरीले गोली प्रहार गरी गिरफ्तार गरिएको छ। आरोपीमाथि हत्या प्रयाससहितका गम्भीर मुद्दाहरूमा कानुनी कारबाही अघि बढाइएको छ ।
घटनाको विवरण अनुसार निजी अखबारमा कार्यरत फोटो पत्रकार प्रमोद शर्मा सोमबार साँझ कार्यालयबाट घर फर्कँदै थिए । उनी सर्फाबादस्थित आफ्नो घर अगाडि कारभित्र थिए, त्यतिकैमा दीपक नामका युवकले कारको झ्यालबाट हात भित्र हाल्दै चक्कु प्रहार गरे। चक्कु घाँटी मुनि लागेकोले ज्यान जोगिएको भए पनि प्रमोद गम्भीर घाइते भए ।
घटना स्थलमा सेक्टर ११४ थानाका प्रहरी अधिकारीहरु पुगेर घाइते पत्रकारलाई तत्काल अस्पताल पुर्याए । यो आक्रमणको खबर फैलिना साथ इलाकामा सनसनी फैलियो र जिल्ला अस्पतालमा ठूलो संख्यामा पत्रकारहरु भेला भएका थिए । प्रहरीका वरिष्ठ अधिकारीहरूसमेत घटनास्थलमा पुगे ।
आक्रमणपछि आरोपी दीपक फरार भएको थियो। उसको खोजीमा सर्फाबाद चौकीका प्रभारी विशाल गुप्ताको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। राति चेकिङको क्रममा एक मोटरसाइकल सवारलाई रोकिने प्रयास गर्दा उनले प्रहरी माथि गोली चलाए । जवाफी कारबाहीमा प्रहरीको गोली लागेर घाइते युवक नै दीपक भएको पुष्टि भयो ।
प्रहरीको अनुसन्धानमा दीपकमाथि पहिल्यैदेखि लगभग एक दर्जन आपराधिक मुद्दा दर्ता भएको खुलेको छ। हाल उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । पत्रकार प्रमोद शर्मालाई भने अस्पतालबाट मंगलबार डिस्चार्ज गरिएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको बताएको छ भने आरोपीविरुद्ध हत्या प्रयास, हातहतियार प्रयोगलगायत गम्भीर मुद्दाहरूमा मुद्दा दर्ता गरि कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: