Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

भारतीय प्रधानमन्त्री मोदी व्यापार सम्झौताका लागि बेलायतमा

खबरडबली संवाददाता

लन्डन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार व्यापार सम्झौताका लागि बेलायत प्रस्थान गरेका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बिहीबार बेलायतमा स्वागत गर्ने तथा यसअघिको घोषणा बमोजिम बेलायत–भारत व्यापार सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

मोदीले बेलायतमा आफ्नो छोटो प्रवासका क्रममा राजा चाल्र्स तृतीयलाई पनि भेट्ने कार्यक्रम तय भएको छ । सन् २०१४ मा भारतको प्रधानमन्त्री बनेपछि मोदीको यो चौथो बेलायत भ्रमण हो ।

स्टार्मर र मोदीले गत महिनाको एयर इन्डियाको विमान दुर्घटनाबारे पनि छलफल गर्ने सम्भावना छ । पश्चिमी भारतको अहमदाबादबाट उडान भरेपछि लन्डन जाने विमान दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो ।

गत मे महिनामा स्टार्मर र मोदीले बेलायतको अर्थतन्त्रमा वार्षिक चार अर्ब ८० करोड पाउन्ड ९छ अर्ब ५० करोड डलर० थप गर्ने गरी स्वतन्त्र व्यापार सम्झौता गरेका थिए ।

“भारतसँगको हाम्रो ऐतिहासिक व्यापार सम्झौता बेलायतका लागि ठूलो जीत हो”, स्टारमरले बुधबार राति एक विज्ञप्तिमा भने ।

स्टारमरको एक वर्ष पुरानो सरकारले वर्षौँको स्थिर वृद्धि र उच्च मुद्रास्फीतिले कमजोर पारेको अर्थतन्त्रलाई उक्साउन सङ्घर्ष गरिरहेको छ । भारत र बेलायतले यो सम्झौताले दुई देशबीचको व्यापारलाई २५ अर्ब ५० करोड अर्ब पाउन्डले बढाउने अपेक्षा गरेका छन् ।

बेलायत र भारत क्रमशः छैटौँ र पाँचौँ ठूलो विश्वव्यापी अर्थतन्त्र हुन् । यी दुई मुलुकबीचको व्यापार सम्बन्ध लगभग ४१ अर्ब पाउन्ड छ र लगानीले दुवै देशमा छ लाखभन्दा बढी रोजगारीबाट लाभान्वित हुनेछन् ।

बुधबार भारत छोड्दा मोदीले साझेदारीले ‘पछिल्ला केही वर्षमा महत्त्वपूर्ण गति हासिल गरेको’ बताए । “हामीसँग दुवै देशमा समृद्धि, वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले हाम्रो आर्थिक साझेदारीलाई अझ बढाउने अवसर हुनेछ”, उनले भने ।

यो सम्झौताले भारतमा ह्विस्की, कस्मेटिक्स र मेडिकल उपकरणहरूसहित बेलायतका सामानहरूको आयातमा कर कटौती गर्नेछ । बदलामा बेलायतले भारतबाट फ्रोजन झिँगेमाछासहित कपडा, जुत्ता र खाद्य उत्पादनहरूमा शुल्क कटौती गर्नेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending