Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

भोकमरी कहिल्यै पनि ‘युद्धको हतियार’ हुनुहुँदैन : राष्ट्रसङ्घ प्रमुख

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले भोकमरीलाई युद्धको हतियारका रूपमा अस्वीकार गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका निकायहरूले गाजामा सहायता सामग्रीको आपूर्ति रोकिँदा भएको खाद्यान्न अभावले भोकमरीको खतरा निम्तिने चेतावनी दिँदै आएका छन् र युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना भइरहेको छ ।

यसैबिच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको नेतृत्वको सरकारले भोकमरीलाई युद्धको हतियारको रूपमा प्रयोग गरिरहेको आरोपलाई अस्वीकार गरेको छ र यसको सट्टा सहायता निकायहरू गाजाको सीमा पार गर्ने विन्दुहरूमा वितरण गरिएको सहायता लिन र वितरण गर्न असफल भएको आरोप लगाएको छ ।

राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले इथियोपियामा आयोजित संयुक्त राष्ट्रसङ्घको सम्मेलनमा भिडियो सम्मेलनमार्फत भन्नुभयो, “जलवायु परिवर्तनले बालीनालीको उत्पादनमा कमी आएको र द्वन्द्वग्रस्त मुलुकमा आपूर्ति श्रृङ्खला पनि रोकिँदा र मानवीय सहायतामा बाधा भएको छ । द्वन्द्वले गाजादेखि सुडान र त्यसभन्दा बाहिर भोकमरी फैलाइरहेको छ ।” 

“भोकमरीले अस्थिरतालाई बढावा दिन्छ र शान्तिलाई कमजोर बनाउँछ । हामीले भोकलाई युद्धको हतियारको रूपमा कहिल्यै स्वीकार गर्नु हुँदैन,” उहाँले भन्नुभयो । गाजा पट्टीमा, युद्धग्रस्त प्यालेस्टिनी क्षेत्र २१ महिनाको युद्धले सिर्जना गरेको भयानक मानवीय अवस्थाले जकडिएको छ र इजरायलले मार्चदेखि मेसम्म सहायतामा पूर्णरूपमा नाकाबन्दी लगाएपछिस्थिति अझ खराब बनेको छ ।

नाकाबन्दी खुकुलो बनाएयता गाजामा पुग्ने सहायताको स्तर सहायता समूहको आवश्यकताभन्दा निकै कम भएको छ । आइतबार इजरायलले संयुक्त राष्ट्रसङ्घ र सहायता एजेन्सीहरूलाई भोकमरीको गम्भीर सङ्कटसँग जुध्नका लागि ‘रणनीतिक विराम’ सुरु गरेसँगै विश्व स्वास्थ्य सङ्गठनले कुपोषण ‘खतरनाक स्तरमा’ पुगेको चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकाय (आइओएम) का क्षेत्रीय निर्देशक ओथमान बेलबेसीले गत साता पत्रकारहरूलाई भन्नुभएको थियो, “सुडान विश्वले सामना गरिरहेको सबैभन्दा ठुलो र सबैभन्दा कम स्मरण गरिएको मानवीय विपत्ति हो ।” सन् २०२३ को अप्रिलदेखि सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहान र प्रतिद्वन्द्वी अर्धसैनिक ‘र्‍यापिड सपोर्ट फोर्सेज’का कमान्डर मोहम्मद हमदान डग्लोबिचको शक्ति सङ्घर्षका कारण सुडान टुक्रिएको छ । यस युद्धमा दशौँ हजारको मृत्यु भएको छ भने ७० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending