ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । प्रहरीका अनुसार सिरिजङ्घा गाउँपालिका–५ पेदाङको याङ्पाङ बस्ने ३२ वर्षीय सन्जमान लिम्बू श्रीमती शान्ति राईको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार धारिलो हतियार कैंची प्रहार गरी ३० वर्षीया श्रीमतीको हत्या गरेको आरोपमा लिम्बू आइतबार पक्राउ परेका हुन् । पेदाङको याङ्पाङ घर भई हाल फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा घर भाडामा बस्दै आएका लिम्बूले गएको बिहीबार सामान्य विवाद हुँदा श्रीमती शान्तिमाथि कैंची प्रहार गरेका थिए ।
धारिलो कैंची प्रहारबाट गम्भीर घाइते हुनुभएकी शान्तिको दुई दिनपछि शनिबार बिहान मृत्यु भएको प्रनाउ गौतमले जानकारी दिए । उनका अनुसार लिम्बूको कैंची प्रहारबाट श्रीमती शान्तिको यौनाङ्ग नजिक पेटमा गम्भीर चोट लागेको थियो । सोही चोटका कारण दिसापिसाव रोकिन गएको र थप उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा शान्तिको बाटोमै मृत्यु भएको थियो ।
यता घटना ढाकछोप गर्न लिम्बूले श्रीमती शान्ति घर नजिक बाटो हिड्ने क्रममा अचानक लड्दा सडकमा रहेको रडले घोचेर चोट लागेको प्रहरीसमक्ष झुठा जाहेरी दिएका थिए । रडले घोचेको नभई श्रीमानले श्रीमतीमाथि धारिलो कैंची प्रहार गरेको अनुसन्धानबाट खुल्न आएको प्रनाउ गौतमले बताए ।
यता पक्राउ परेका लिम्बूलाई जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: