Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

जब ३ बर्षिया बालकले करोडौं मुल्यको पुरातात्विक खजना भेटाए...

खबरडबली संवाददाता

काठमाडौं । तपाईंले यस्ता धेरै कथाहरू सुन्नु भएको होला, जहाँ मानिसहरूले जमिनमुनि पैसा गाडिएको पाउँछन्। यी यस्ता खजाना हुन्, जसलाई कसैले गाड्यो र भुलेर फर्केर आउन सक्दैन्।

धेरै मानिसहरू मेटल डिटेक्टरहरूको मद्दतले तिनीहरूलाई खोजिरहन्छन्। इंग्ल्याण्डमा एक तीन वर्षको बच्चाले आफ्नो बुबासँग मैदानमा उपस्थित हुँदा एउटा यस्तो खजाना फेला परेको छ ।

एउटा सानो बच्चाले यस्तो काम गर्यो, जसको लागि मानिसहरु मेटल डिटेक्टर लिएर यता उता घुमिरहन्छन् । एक ३ वर्षको बालकले ५०० वर्ष पुरानो खजाना फेला पारे, जुन देखेर पुरातत्वविद् समेत छक्क परे । राम्रोसँग बोल्न पनि नजान्ने बच्चाले यो रोचक खोज गरेको होला भनेर कसैले सोचेको थिएन।

एक सानो बच्चाले पहिलो पटक मेटल डिटेक्टर प्रयोग गर्दै अनौठो खोज गरेका छन्। यो घटना सन् २००९ मा भएको थियो, जब जेम्स नामको यो बालक आफ्नो बुबासँग एसेक्सको हकले नजिकैको खेतमा उपस्थित थिए । उनका बुबा मेटल डिटेक्टर लिएर खजाना खोज्न गएका थिए। जेम्सले आफ्नो बुबाको मेटल डिटेक्टर सञ्चालन गर्ने बित्तिकै, मेसिनले अचानक बिपिङ आवाज निकाल्यो। तिनीहरूले जमिन खने र ५०० वर्ष पुरानो सुनको लटकन फेला पारे। यो लटकनको मूल्य करिब ४० लाख डलर पर्ने पुरातात्विक समान फेला पारे ।

यो लटकन अहिले ब्रिटिश संग्रहालयमा राखिएको छ। यसको तौल करिब एक तिहाई औंस छ र यसमा ७३ प्रतिशत शुद्ध सुन रहेको छ । यो लटकन राजा हेनरी आठौंको समयको हो भन्ने विश्वास गरिन्छ। विज्ञहरूका अनुसार यो एक रिलिक्वरी अर्थात् सानो बाकस हो, जसमा धार्मिक वस्तु वा अवशेषहरू राखिएको थियो। यो हीरा आकारको बाकासको अगाडि एक महिला संतको चित्र छ, जसलाई भर्जिन मेरी भनिन्छ, उनको हातमा क्रस समातिएको छ।

पछाडिको भागमा ख्रीष्टका ५ वटा पवित्र घाउको नक्काशी गरिएको छ, जुन मध्यकालीन समयमा धार्मिक आस्थाको प्रतीक मानिन्थ्यो। यो खोज पछि एक आधिकारिक अनुसन्धानमा यो पुरातत्वविद्हरुद्वारा ब्रिटिश कानून अन्तर्गत एक खजाना घोषित गरिएको थियो। यो घटना फेरी एक पटक सामाजिक सञ्जालमा चर्चामा छ ।


 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिक प्रणाली: परिवर्तनको सपना र नेतृत्वको असफलता

काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्‍यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...

थारु बस्तीमा माघीको तयारी

दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...

ब्राउन सुगर र नियन्त्रित लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरूमा ब्राउन सुगर, डिजिटल तराजु र नियन्त्रित लागूऔ...

प्रलोपा र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच एकता

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच पार्टी एकता भएको छ। दुई पक्षबीच ६ बुँदे सहमतिमा ह...

प्रतिनिधिसभा निर्वाचनअघि नेकपा–माओवादी एकताको प्रयास, सघन छलफल जारी

समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारीसँग जोडिएको एकता प्रयास

‘अप्रेसन ब्राभो सेरा’: चुनावी सुरक्षा कि गाउँघरको मौन खतरा उजागर ?

म्याग्दी । म्याग्दीमा एक महिनामै १ सय १५ थान अवैध भरुवा बन्दुक बरामद हुनु सामान्य प्रहरी कारबाही मात्रै होइन, यो ग्रामीण समाजभित्र लुकेर बसेको सुरक्षा...

समानुपातिक सूची संशोधनको समयसीमा: दलभित्रको शक्ति संघर्षको निर्णायक घडी

काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न पुस २१ देखि २७ गतेसम्मको समयसीमा तोकेसँगै दलभित्रको आन्तरिक ...

खुसी बोकेको बसले फर्कायो मृत्युको खबर, मालिकामा विद्यार्थी बोकेको बसको ठक्करबाट दुईकाे मृत्यु

विद्यार्थी बोकेको बस दुर्घटना: सडक सुरक्षामाथि गम्भीर प्रश्न

एपीएफको गोलीकाण्ड: सीमामा सुरक्षा कि अराजकता?

काठमाडाैं । सुनसरीको लौकहीमा सशस्त्र प्रहरी बल (एपीएफ) का हवल्दारले चलाएको गोलीले एक सर्वसाधारणको ज्यान जानु केवल एउटा आपराधिक घटना होइन, यो राज्यको स...

किन बोलाए देउवाले कांग्रेस शीर्ष नेतालाई छलफलमा ?

काठमाडाैं । नेपाली कांग्रेसभित्र फेरि आन्तरिक राजनीति तातिन थालेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारीमा सक्रियता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending