Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

खबरडबली संवाददाता

मुस्ताङ । मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् मुस्ताङको घरपझोङ–५ ढुम्बाका जुझारु किसान कर्म गुरुङ । गुरुङ बाबुबाजेले अपनाउँदै आइरहेको स्याउखेतीलाई पुख्यौली पेसाका रूपमा पछ्याउँदै विगत पाँच दशकदेखि सक्रिय भएर लागिपरेका छन् ।

झन्डै छ दशकअघि गुरुङको परिवारले मुस्ताङको ढुम्बा गाउँमा चिम्ले स्याउ फार्म सुरुआत गरेका थियो । त्यसबेला उनको परिवार, आफन्त र इष्टमित्रलगायतले सगोलमा सामूहिक स्याउखेती सुरु गरेका थिए । उनी १३ वर्षको हुँदा बुबा बिते। त्यसपछि बुबाको कृषिकर्मको जिम्मेवारी उनको काँधमा थपियो । गुरुङका बुबा बितेपछि चिम्ले कृषि फार्मका दश दाजुभाइ/दिदीबहिनी सदस्य छिन्नभिन्न भए । बाल्यकालदेखि नै कृषिकर्मलाई पछ्याएका गुरुङले सगोलले अलपत्र पारेको कृषि फार्मको सबै बागडोर आफैले सम्हाले ।

गुरुङले सम्हाल्दै आइरहेको त्यतिबेलाको स्याउ फार्म परम्परागत पद्धतिको थियो । आफ्ना बुबाको प्रेरणाबाट स्याउखेती लाग्नुभएका गुरुङ वर्तमानमा पनि पहिलेको परम्परागत स्याउखेतीसँगै स्याउखेतीमा नयाँ प्रविधि भित्र्याइसकेका छन् । सानै उमेरदेखि स्याउखेतीलाई निरन्तर पछ्याउँदै आएका गुरुङ व्यावसायिक स्याउखेतीतर्फ ५० वर्षको यात्रा पूरा गरिसकेको बताउँछन् । मुस्ताङमा अहिलेको जस्तो त्यो समय सडक, बिजुली, इन्टरनेट कुनै पनि सुविधा थिएनन्, यद्यपि उनले चिम्ले कृषि फार्मलाई विषम परिस्थितिसँग जुध्दै अहिलेको अवस्थामा ल्याइपुर्याउन सफल भए ।

गुरुङ भन्छन्, “बुबाको पालामा स्याउखेती गर्न अहिलेको जस्तो सहज थिएन, प्रविधिको विकास भएको थिएन, सबै काम हातैले गर्नुपथ्र्यो, अहिले त विगतको भन्दा स्याउखेती प्रणालीमा आकाशजमिन फरक भइसक्यो ।” यहाँ सडक सञ्जाल नहुँदा उत्पादन हुने स्याउ नबिकेर पशुचौपायालाई खुवाउनुपर्ने र कति स्याउ त बोटमै कुहिएर झर्ने गरेको गुरुङले स्मरण गरे ।

त्यसबेला उत्पादन गरिएको स्याउ प्रतिकिलो रु दुईमा पनि बिक्री गर्न मुस्किल पर्ने गरेको गुरुङले सुनाए । उनले विगत सम्झिँदै भने, “यहाँको स्याउ बजार पुर्याउन घोडा, खच्चड र हेलिकप्टरबाट ढुवानी गर्नुपथ्र्यो, स्याउ बेचेर फाइदा लिन पनि त्यसबेला किसानलाई निकै गाह्रो हुने गथ्र्यो ।”

कृषक गुरुङ अहिले ६१ वर्ष भए । उनको जोशजाँगर र इच्छाशक्ति भर्खरको तन्नेरीजस्तै छ । “चाहेको भए म युरोप, अमेरिका जान सक्थेँ”, गुरुङले भने, “यहीको माटो खोस्रिएर परिश्रम र मेहनत गर्ने हुटहुटी बाल्यकालबाटै चल्यो, स्वदेशममा पनि विदेशमा जस्तै मनग्य अर्थोपार्जन गर्न सकिन्छ भन्ने लागेर यही कृषि व्यवसाय सक्रिय भइरहेको छु, मुस्ताङकै हावापानीमा रम्दै पुख्र्यौली स्याउखेतीलाई जीवन्त तुल्याइरहेको छु ।”

गुरुङ अहिले मुस्ताङका स्याउ किसानमध्ये अब्बल किसानका रूपमा परिचित छन् । दुई वर्षअघि उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका छन् । जिल्ला र राष्ट्रियस्तरमा स्याउखेतीमा उत्कृष्ट पहिचान बनाउँदै आएका गुरुङ स्याउखेतीमा पाएको सफलतामा बुबाकै योगदान रहेको बताउँछन् । बुबाले अपनाएको स्याउखेतीको विरासतलाई पछ्याउँदै निकै सङ्घर्ष र मेहनत गरी अहिलेको स्थानसम्म आइपुगेको गुरुङको भनाइ छ । स्याउखेतीतर्फ प्राप्त गरेको यस प्रकारको सफलताले कुनै युद्ध जितेको जस्तै अनुभूति हुने गरेको बताए ।

गुरुङको पुख्यौली परम्परागत स्याउखेती छँदै थियो । तर, त्यसमा सोचेजस्तो आम्दानी लिन निकै मुस्किल पथ्र्यो । विसं २०७५ अघिसम्म परम्परागत स्याउखेती गर्दै आइरहेका गुरुङले अहिले बृहत् रूपमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउखेतीलाई अघि बढाइरहेका छन् । जतिबेला मनाङमा एग्रो मनाङले हाइब्रिड स्याउखेतीको नमूना परीक्षण सुरु गरेको थियो । त्यहाँको हाइब्रिड स्याउखेती सुरु गरिएको समाचार थाहा पाएपछि एग्रो फार्ममा पुगेर हाइब्रिड खेतीबारे बुझेँ । त्यहाँबाट फुजी जातको तीन सय हाइब्रिड स्याउका बिवा ल्याएर मुस्ताङको आपनो बगैँचामा रोपे । गुरुङले रोपेको नयाँ प्रविधिको हाइब्रिड स्याउ निकै राम्रोसँग सप्रियो । त्यसपछि गुरुङले उत्साहित हुँदै झनै हाइब्रिड जातका स्याउ बिरुवा थप्दै बृहत्त रूपमा हाइब्रिड स्याउखेती विस्तार गरे । गुरुङले यस वर्ष पनि झन्डै पाँच हजार बढी हाइब्रिड स्याउका बिरुवा रोप्ने तयारी गरेको बताउँछन् ।

हाइब्रिड स्याउको परीक्षण राम्रो भएपछि मुस्ताङका अन्य किसानले पनि पछ्याइरहेको गुरुङ बताउँछन् । स्याउखेतीका लागि उचित व्यवस्थापन र मलजल गर्न सकेमा राम्रो कमाई गर्न सकिने उनले उल्लेख गरे । गुरुङले स्याउका लागि निजी जग्गा झन्डै तीन सय रोपनी र अन्य दुई सय रोपनी जग्गा आफन्त, इष्टमित्र र संस्थागत तहमा लिज सम्झौता गरी स्याउखेती विस्तार गरेको जानकारी दिए । उनले आधा जग्गामा परम्परागत स्याउखेती र बाँकी आधा जग्गामा हाइब्रिड स्याउखेती गरेका छन् । गत वर्षसम्म चार सय मेट्रिक टन स्याउ उत्पादन गरेका गुरुङले यो वर्ष पाँच सय मेट्रिक टन स्याउ उत्पादन गर्ने लक्ष्य राख्नुभएको छ । गुरुङले गत वर्ष रु तीन करोडको स्याउ बिक्री गरेको बताए ।

कृषक गुरुङको स्याउ फार्मले २५ जनालाई स्थायी र करिब ९० जनाभन्दा बढीले अल्पकालीन रोजगारी दिएको छ । स्याउखेतीलाई भनेर किसान गुरुङले पाँच सय बढी च्याङ्ग्रा, १० वटा घोडा, नौवटा जर्सी गाई र स्याउ बगैँचामा मौरीपालन गरेका छन् । पालन गरिएका पशुचौपायाको मलमूत्रलाई प्रशोधन गरी स्याउखेतीका लागि मलको रूपमा प्रयोग गरेका छन् । मलका लागि पालिएका च्याग्राबाट पाठपाठी उत्पादन गर्ने र मासुका लागि बिक्री गरेका छन् । च्याङ्ग्रापालनबाट पनि रामै्र आम्दानी हुने गरेको गुरुङ बताउँछन् । जर्सीगाईबाट मासिक रु दुई लाख आम्दानी हुने गरेको गुरुङले उल्लेख गरे । “अब जर्सी गाईको सङ्ख्या ५० पुर्याउने योजना छ, डेरी उद्योग पनि खोल्ने सोचमा छु”, उनले भने, “मौरीको घारबाट पनि मह उत्पादन गरेर बिक्री गर्ने गरेको छु”, उनले भने ।

स्याउखेतीबाट वार्षिक रु तीन–चार करोडको कारोबार हुने किसान गुरुङले बताए । स्याउखेतीमा जनशक्ति र स्याउ बगैँचा व्यवस्थापनलगायतमा पनि उत्तिकै खर्च हुने गरेको गुरुङको भनाइ छ । बर्सेनि स्याउखेतीमा जति कमाई हुन्छ सबै पैसा स्याउखेतीमै लगानी गर्दै आइरहेको किसानले गुरुङले स्पष्ट पारे । “अहिले जति कमाई हुन्छ, स्याउमै खर्च गरेको छु”, उनले थपे, “अबको पाँच वर्षपछि भने स्याउ बिक्री गरेको आम्दानीलाई बचत गर्नेतर्फ लैजाने छु ।”

गुरुङले स्याउ बगैँचाका कमसल स्याउ र बोटबाट झरेका स्याउलाई सुकुटी बनाएर बिक्री गर्छन् । स्याउको सुकुटी बनाउन र बेमौसममा पनि पर्यटकलाई मुस्ताङको स्याउ उपलब्ध गराउन कोल्ड स्टोर अनुदानमा व्यवस्थापन गरेका छन् । यहाँ कृषि ज्ञान केन्द्र, स्याउ जोनबाट पनि गुरुङले कृषि यान्त्रिक उपकरण अनुदानमा प्राप्त गर्ने गरेको बताउँछन् ।

पछिल्लो समय किसान गुरुङ बगैँचाबाट परम्परागत स्याउखेतीलाई विस्तारै मासेर हाइब्रिड स्याउ लगाउने योजनामा छन् । परम्परागत स्याउभन्दा आधुनिक हाइब्रिड स्याउखेतीबाट राम्रो आम्दानी हुने भएकाले परम्परागत स्याउलाई विस्थापित गर्दै लैजाने तयारी गरेको उनी बताउँछन् ।

मुस्ताङमा जलवायु परिवर्तनका कारण यहाँको स्याउ छिटोछिटो पाक्न थालेको उनले सुनाए । जलवायुले आफ्ना लागि खासै असर नपुर्याएको उनको भनाइ छ । जलवायुका कारण तापक्रम वृद्धि हुँदा रोग कीरा नियन्त्रण गर्नमा चुनौती हुने बताए । यहाँ हाइब्रिड स्याउखेतीको राम्रो भविष्य रहेकाले यसको समुचित व्यवस्थापन गर्नसके मुस्ताङका सबै किसान करोडपति हुने किसान गुरुङको भनाइ छ ।

समग्र मुस्ताङलाई स्याउको हबका रूपमा विकास गर्न यहाँ जग्गासम्बन्धी प्राविधिक तथा कानुनी जटिलता रहेको उल्लेख गरे । जिल्लाको दुई प्रतिशत पनि जग्गा नापी नहुँदा स्याउखेती गर्न चाहने व्यक्तिलाई जग्गा लिजमा लिएर खेती विस्तार गर्ने कार्यमा समस्या उत्पन्न भएको उनले जनाए । मुस्ताङमा खेर गएका जग्गालाई लिज प्रावधानमा ल्याउन सकेमा बर्सेनि अर्बौँ रुपैयाँ मुस्ताङ भित्रिने कृषक गुरुङले ठोकुवा गरे ।

मुस्ताङमा राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुँदै गइरहेकाले जिल्लाका किसानले उत्पादन गरेको स्याउ पोखरा—काठमाडौं पुर्याउन निकै सहज भएको उनले बताए । यहाँ सडक विस्तारकै कारण पर्यटक आवागमन वृद्धि भइरहेकाले यहाँको स्याउ फुटकर रूपमा पनि सुहाउँदो मूल्यमा बिक्री हुने गरेको बताए ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमताल, हिमनदी र सिँचाइ स्रोत सुक्दै जान थालेकाले यहाँको स्याउलगायत खेतीमा थप चुनौती बढेको कर्मले सुनाए । कर्म भन्छन्, “ मुस्ताङमा कालीगण्डकी नदीको जल सतहलाई सरकारले लिफ्टिङ गरी सिँचाइको पहुँच पुर्याउन आवश्यक छ, यहाँको उच्च स्थानका स्याउ बगैँचामा सिचाइको समस्या देखिन थालेको छ, यसलाई अहिलेदेखि सरकारले योजनाबद्ध रूपमा सिँचाइको गुरुयोजना अघि बढाउनुपर्छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending