काठमाडौँ । ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तद्वारा प्रस्तुत गरिएको उक्त विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरिएको घोषणा गरेका हुन् ।
विधेयकको छलफलमा भाग लिँदै सांसद योगेशकुमार भट्टराईले पछिल्लो समय नेपालमा आँखा उपचार क्षेत्रमा क्रान्ति भएको बताए । ‘आँखा उपचारलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउनका लागि तिलगङ्गा नेत्र विश्वविद्यालय आवश्यक छ’, उनले भने, ‘तर यसको स्थायित्व हुनुपर्छ । विधेयक राम्रो छ, म स्वागत गर्न चाहन्छु ।’ सांसद भट्टराईले नेत्र विशेषज्ञ डा सन्दुक रूइतले नेत्र उपचारको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे ।
सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पनि डा. सन्दुक रूइतले एक लाखभन्दा बढी आँखाको निःशुल्क शल्यक्रिया गरेर योगदान पुर्याउनुभएको भन्दै उनको नेतृत्वमा तिलगङ्गा नेत्र विश्वविद्यालय खोल्नु प्रशंसनीय कार्य रहेको बताए ।
सांसद विमला सुवेदीले तिलगङ्गा नेत्र विश्वविद्यालय खोलेर दक्ष जनशक्तिको उत्पादनमा जोड दिनुपर्ने बताइन् । ‘एउटै किसिमको विश्वविद्यालयमा फरकफरक मापदण्ड रहेका छन्, त्यसर्थ छाता ऐनको निर्माण हुन आवश्यक छ’, उनले भनिन् ।
सांसद वासुदेव घिमिरेले विधेयकको समर्थन गर्दै नेपाललाई नेत्र स्वास्थ्यको आकर्षक हबका रूपमा विकास गर्न जरुरी रहेको बताए । छलफलमा सांसदहरू रामप्रकाश चौधरी, अम्मरबहादुर रायमाझी, मैना कार्की, देवेन्द्र पौडेल, ज्ञानु बस्नेत सुवेदी, दुर्गा राई, नारायणी शर्मा, हितराज पाण्डे, प्रेम सुवाल, रन्जुकुमारी झा, कालुराम राई, भगवती चौधरी, सरिता भुसाल, जनार्दन शर्माले भाग लिएका थिए ।
छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पन्तले दक्षिण एसियामा नेत्र उपचारको सम्भावना नेपालमा देखिएको भन्दै तिलगङ्गा नेत्र विश्वविद्यालयले आँखा रोगीहरूलाई छिटोछरितो, सरल, सस्तो, सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
‘विधेयकलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? आँखा उपचारमा के–के सम्भावना छन् ? भन्नेबारे डा रूइतसँग गहन छलफल भएको छ’, उनले भने, ‘विश्वविद्यालयको स्थापना र सञ्चालन सम्बन्धमा आधार र मापदण्ड निर्धारण गर्ने विषयमा छाता ऐनको मस्यौदा पनि तयार भइसकेको छ । मस्यौदालाई यसै वर्ष संसद्मा दर्ता गर्ने सरकारको तयारी छ ।’
मन्त्री पन्तले नेपालको दुर्गम क्षेत्रमा बसोबास गर्ने आँखाका रोगीमध्ये ६५ प्रतिशत नागरिकलाई मोतीविन्दुको समस्या रहेको भन्दै आँखा उपचारको क्षेत्रमा दक्षिण एसियामा अगाडि बढ्ने सम्भावना नेपालको रहेको बताए ।
‘विश्वविद्यालय स्थापना हुँदा नेपालीलाई मात्रै दक्ष र शिक्षित बनाउने नभइ विश्वका अन्य देशका विद्यार्थी पनि अध्ययनका लागि आकर्षित हुने सम्भावना छ’, उनले भने, ‘हामीले उत्पादन गरेका लेन्सलाई कसरी प्रत्यारोपण गर्ने भन्ने विषयमा वैज्ञानिक छलफल हुनसक्छ । यो विश्वविद्यालयले नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्ने सम्भावनाको रूपमा रहनसक्छ ।’ प्रतिनिधिसभाको अर्को बैठक यही साउन १९ गते दिउँसो १ बजे बस्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: