Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

फेवातालको पहिचान र सुन्दरता जोगाउन जुटे पोखरेली

खबरडबली संवाददाता

पोखरा । पोखराको फेवाताल केवल पर्यटकीय आकर्षणको मात्र होइन सामाजिक, सांस्कृतिक र वातावरणीय पहिचान पनि हो । फेवातालमा टलक्क टल्कने माछापुच्छ्रे हिम शृङ्खलाको मनमोहक दृश्य, तालबाराहीको मन्दिरको दर्शन, वरिपरिको हरियालीसहित शान्त वातावरण हेर्न बर्सेनि हजारौँ पर्यटक पोखरा आइपुग्छन् ।

पोखराको पहिचान र सुन्दरतालाई जोगाउन अहिले स्वःस्फूर्तरुपमा पोखरेली जेटेका छन् भने आवश्यक नीतिगत व्यवस्थासहित सरकारले पनि प्राथमिकताका साथ सहयोग गरिरहेको छ । पछिल्लो समय प्रदूषण, अतिक्रमण र अव्यवस्थित सहरीकरणले फेवातालको सुन्दरतामा ह्रास आउन थालेपछि नागरिकको सक्रियता बढेको हो । फेवातालको पानीको मुख्य स्रोतको रूपमा रहेको ‘हर्पन खोला’ले हरेक वर्ष वर्षायाममा हजारौँ टन गेग्रानसहित माटो बगाएर ल्याउँछ, जसले तालको गहिराइ र क्षेत्रफल दुवै घटाउँदै लगेको छ ।

यसका साथै, ताल वरपरका होटल, रेस्टुरेन्ट र घरहरूबाट निस्कने अप्रशोधित ढल सिधैँ मिसाउने क्रम बढेसँगै ताल प्रदूषित भएको भनी स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।फेवातालको सुन्दरतालाई कायम राख्न बर्सेनि पोखरेलीहरू स्वस्फूर्तरुपमा  सफाइ अभियानमा जुट्ने गर्दछन्, जसले ताललाई बचाउन सहयोग पुर्‍याएको छ  । विज्ञहरूका अनुसार प्लास्टिकजन्य फोहर र वर्षायाममा तालको ठुलो हिस्सा ढाक्ने जलकुम्भी झारले तालको सौन्दर्यमा गम्भीर असर पारेको छ ।

वातावरण संरक्षणका लागि महाअभियानका संयोजक एवं नागरिक समाजका अगुवा रामबहादुर पौडेलले भने, “वर्षायाममा बाढी पहिरोसँगै प्लास्टिक, ढललगायत ताल ढाक्ने गरी आउने जलकुम्भीले फेवातालको अस्तित्वमा गम्भीर असर पारेको छ, यो जोगाउने जिम्मा सरकारसँगै हामी नागरिकको पनि हो ।”

“पोखरेली हुनुको नाताले तालको संरक्षणको दायित्व बोध गर्दै स्थानीय टोल, आमा समूह, विद्यार्थी, स्वयंसेवी क्लबहरू, सङ्घसंस्था र जलारी समुदायले फोहर सङ्कलन, सचेतना र वृक्षारोपणजस्ता गतिविधि गरेर फेवाताल संरक्षणमा जुटिरहेका छन्, यसले तालप्रतिको अपनत्व बढाएको छ ” उनले भने, “निःस्वार्थ भावनाले ताल सफा गर्न जुट्ने ती स्वयंसेवकहरूको अनुहारमा जुन चमक देखिन्छ, त्यो केवल वातावरणको माया होइन, सहर र प्राकृतिक सम्पदाप्रतिको जिम्मेवारी पनि हो ।”

पौडेलका अनुसार फेवातालको संरक्षण गर्दा पर्यटन प्रवर्द्धन, वातावरणीय सन्तुलन र सामाजिक चेतना तीनै कुरा सँगसँगै अगाडि बढ्छन्, भन्ने बुझाइ अब पोखराबासीको रहेको छ ।
“फेवाताललाई बचाउन अझ सशक्त सहकार्य, दीर्घकालीन योजना र हरेक नागरिकको प्रतिबद्धता चाहिन्छ । फेवाताल सफा हुनु भनेको पोखराको पहिचान जोगिनु मात्र होइन, भावी पुस्ताका लागि एउटा हरित र स्वस्थ सहर उपहार दिनु हो,” पौडेलले भने ।

यसैगरी फेवा मत्स्य सहकारीका अध्यक्ष एवं जलारी समुदायका अगुवा ज्ञानबहादुर जलारीले तालमा आश्रित जलारी समुदायले प्रत्येक महिनाको ३ गते फेवाताल सफाइ अभियान गर्दै आएको बताए । “हामीले लामो समयदेखि यो सफाइ अभियान गर्दै आएका छौँ । नागरिक समाज, महिला सञ्जाल, युवा क्लब, विद्यार्थी, पर्यटन व्यवसायी, प्रहरी, सञ्चारकर्मीलगायतको पनि साथ सहयोग रहेको छ ।” उनले भने,“जलकुम्भी लगायतका कुहिने फोहरलाई मल बनाउने र प्लास्टिकजन्य नकुहिने फोहरलाई महानगरको गाडीबाट व्यवस्थापन गर्दै आएको छौँ, हरेक महिना छ/सात ट्रक फोहर निस्कने गर्दछ, जलकुम्भी निकाल्ने समयमा भने अझ बढी हुन्छ ।”

उनले ताल प्राधिकरणको प्रभावकारी कार्यान्वयन, तालमा मिसिने ढल र गेग्रानको उचित व्यवस्थापन तथा अतिक्रमण विरुद्ध शून्य सहनशीलता अपनाउन सके मात्र पोखराको यो अमूल्य धरोहरलाई भावी पुस्ताका लागि सुरक्षित राख्न सकिने बताए । उनले करिब एक सय घरपरिवार फेवातालमा आश्रित जलारी समुदाय रहेको जानकारी दिए ।

पोखरा महानगरपालिका–६ महिला सञ्जालकी अध्यक्ष बबिता मल्लले फेवाताल सफाइ अभियानको उद्देश्य पोखराको पहिचानसँगै पोखराको पर्यटन, अर्थतन्त्र र जनस्वास्थ्य जोगाउनु रहेको स्पष्ट गरिन् । “तालको संरक्षण गर्ने जिम्मेवारी हाम्रो पनि हो भन्ने ‘नारा’लाई सार्थक बनाउन जोड दिएका छौँ, फेवाताल संरक्षण अभियान केवल फोहर सङ्कलनमा सीमित छैन्, यो एउटा चेतनाको अभियान पनि हो, जहाँ सरकारी योजना, बजेट, नीतिगत प्रतिबद्धता र नागरिकको सक्रिय सहभागिता एकसाथ अघि बढाउन सकिएको छ,” उनले भने ।

पोखरा महानगारपालिका–६ मा १८ वटा आमा समूहको सञ्जाल रहेको र स्वःस्फूर्तरुपमा फेवाताल सफाइ अभियानमा जुट्ने गरेको अध्यक्ष मल्लले जानकारी दिए । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु आठ  अर्ब ३५ करोड १२ लाख बराबरको बजेट प्रस्तुत गर्‍यो । उक्त बजेटमध्ये सहरी विकास, पर्यटन, वन तथा वातावरणतर्फ ३८ करोड अर्थात् सात दशमलव २८ प्रतिशत विनियोजन भएको छ ।

महानगरले बजेटमार्फत पोखराको पहिचानसँग जोडिएको फेवाताल लगायतका तालको संरक्षण लागि एक अधिकार सम्पन्न ‘पोखरा ताल विकास प्राधिकरण’ गठन गर्ने घोषणा गरेको छ । महानगरले ताललाई ३०–४० वर्ष पुरानै स्वरूपमा फर्काउने दूरदर्शी योजनाअघि सारेको छ । महानगरपालिकाअन्तर्गतको सहरी विकास पर्यटन पूर्वाधार तथा वातावरण महाशाखा प्रमुख विमलरञ्जन कार्कीका अनुसार तालको सौन्दर्यमा ह्रास ल्याइरहेको जलकुम्भी झारलाई आयआर्जन र रोजगारीको स्रोतमा रूपान्तरण गर्ने नवीन कार्यक्रमसमेत बजेटमा समावेश गरिएको छ ।

उनले भने, “फोहरमैला तथा ढल व्यवस्थापन, वातावरणीय सचेतना कार्यक्रम, हरियाली प्रवर्द्धन तथा जनसहभागितामूलक वातावरणीय अभियानका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । यी कार्यक्रमले समुदाय एवं सरकारबिचको सहकार्यलाई सशक्त बनाउँदै पोखराको दिगो पर्यटन विकासमा टेवा पुर्‍याउने महानगरको विश्वास छ ।”

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ताल संरक्षण नागरिक, समुदाय र सरकार सबैको साझा दायित्व भएको बताए । उनले भने, “फेवाताल संरक्षणमा नागरिक समाजको भूमिका पनि उल्लेखनीय देखिएको छ, ‘वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरदारी’ जस्ता नाराका साथ स्थानीयवासीको सक्रिय सहभागिता पोखराको सौन्दर्य र स्वाभिमानको परिचय बनेकाले यसमा हामी सबैले गर्व गर्नुपर्दछ ।”

प्रमुख आचार्यले मानवीय र प्राकृतिक अतिक्रमणका कारण फेवातालको क्षेत्रफल निरन्तर साँघुरिँदै गएको र यही क्रम जारी रहे ताल नै लोप हुने खतरा देखिएको भनी चिन्ता व्यक्त गरे । 
सर्वोच्च अदालतको आदेशअनुसार सरकारले फेवातालको क्षेत्रफल पाँच दशमलव ७२६ वर्ग किलोमिटर कायम गरेको र फेवातालको किनारबाट ६५ मिटर मापदण्ड लागू गर्दै पिलर गाड्ने कार्य अन्तिम चरणमा पुगेको उनले बताए ।

महानगरले फेवाताल सफाइका लागि विशेष वातावरण संरक्षण कोष, सामुदायिक साझेदारी कार्यक्रम र फोहरमैला प्रशोधन केन्द्रजस्ता पूर्वाधारमा पनि बजेट सुनिश्चित गरेको बताएको छ ।  प्रमुख आचार्यले तालबाट सङ्कलित जलकुम्भी झारलाई प्रयोग गरी सीमान्तकृत समुदायलाई सीपमूलक तालिम दिइने र तालिमपछि उत्पादित हस्तकलाका सामाग्री ‘कोसेली घर’ र स्थानीय बजारमार्फत बिक्री गरिनेसमेत जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending