बाँके । बाँकेको जानकी गाउँपालिका–४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्मले विभिन्न प्रजातिका लोकल कुखुराहरु अनुसन्धान, उत्पादन तथा बजारीकरण गर्दैआएको छ ।
फार्मले वार्षिक लाखौँको संख्यामा विभिन्न प्रजातिका लोकल कुखुराका चल्ला उत्पादन गरेर बिक्री वितरण गर्दैैआएको हो । ग्रामीण कुखुराका चल्ला उत्पादन तथा वितरण, आनुवांशिक स्रोत संरक्षण, नवीनतम जातका पन्छीहरुको अनुसन्धान तथा कृषकलाई विभिन्न तालिम तथा प्राविधिक सहयोग, सेवा परामर्शसमेत फार्मले प्रदान गर्दैआएको छ ।
फार्मभित्र जैविक सुरक्षा तथा अत्याधुनिक खोरसहितको कुखुरा फार्म, दाना मिल, ह्याचरी (चल्ला उत्पादन तथा वितरण), रोग निदान प्रयोगशाला सेवा, नवीनतम प्रजातिका पन्छीपालन, अध्ययन–परीक्षण, पानी शुद्धीकरण प्लान्ट सञ्चालन गरेको छ ।
फार्ममा पाँच हजार माउ अट्ने दुईवटा अत्याधुनिक खोर रहेका छन् । लोकल प्रजातिका कुखुराको अनुसन्धान, उत्पादन तथा बजारीकरण गर्दैआएको फार्मले गत आर्थिक वर्ष २०८१–८२ मा एक लाख ७८ हजार बढी विभिन्न जातका लोकल प्रजातिका कुखुराका चल्ला उत्पादन गरेको छ ।
फार्मका फार्म प्रबन्धक डा. सुमन खनालले गत आवमा फार्मबाट एक लाख ५० हजार चल्ला उत्पादन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी एक लाख ७८ हजार ६५९ चल्ला उत्पादन गरिएको जानकारी दिए । बजेटको व्यवस्थाअनुसार हरेक वर्ष चल्ला उत्पादनको लक्ष्य निर्धारण गरिने उनको भनाइ छ । कृषकलाई एक दिने चल्ला सिधै फार्मबाट र हुर्किएका चल्ला ब्रुडर किसान मार्फत वितरण गर्ने व्यवस्था रहेको उनले बताए ।
उनका अनुसार हरेक हप्ताको सोमबार कृषकलाई फार्मबाट एक दिने चल्ला वितरण गरिँदैआइएको छ । एक दिने चल्लालाई प्रतिचल्ला ४५ रुपियाँ र ब्रुडर किसानबाट बिक्री गरिने हुर्किएका चल्लालाई लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट तोकिएको दररेटमा ब्रुडर किसानले बिक्री गर्दैआएको उनले जानकारी दिए ।
चल्ला, अण्डा, कुखुरा, मललगायतको बिक्रीबाट गत आवमा एक करोड ४२ लाख १०३ रुपियाँ राजस्व सङ्कलन भएको फार्म प्रबन्धक डा. खनालले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा फार्मबाट एक लाख ८१ ह्जार ९६६ चल्ला उत्पादन भएका थिए भने चल्ला, अण्डा, कुखुरा, मललगायतको बिक्रीबाट एक करोड सात लाख दुई हजार १०९ रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: