काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले कुलिङ अफ पिरियडमा भएको गडबडीको जिम्मा संसदीय समितिका सभापति र समिति सचिवालयले लिनुपर्ने बताएका छन् ।
निजामती विधेयकमा भएको गडबडीको छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठकमा उनले भने ‘विधेयक सच्याउनमा कर्मचारीको कुनै भूमिका हुँदैन, यसको सम्पूर्ण जिम्मा संसदीय समितकिा सभापति र समिति सचिवालयले लिनुपर्छ।’
कुलिङ अफ पिरियडमा बदनियत राखेर कसैले काम गरेको होलाजस्तो भने आफूलाई नलागेको बताएका उनले मानवीय त्रुटिज भएको हुन सक्ने बताए। ‘मलाई यो प्रक्रिया (निजामती विधेयकको प्रतिवेदन तयार पार्ने प्रक्रिया)मा राम्रोसँग सामेल गरिएन ।’ संसदीय समितिले प्रतिवेदन सार्वजनिक नगर्दासम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिवलाई नदिएको पनि उनले बताए। दुवै मन्त्रालयका सचिवलाई समेत निजामती ऐन निर्माण प्रक्रियामा ग्यापमा राखिएको अर्यालको भनाइ छ।
मुख्यसचिव अर्यालले राजनीतिज्ञले राजनीतिज्ञले कर्मचारीलाई विश्वास नगरेको गुनासो पनि गरे । ‘कर्मचारीतन्त्रलाई राजनीतिज्ञले विश्वास गरेनन्,’ अर्यालले भने, ‘३४ वर्ष भयो मैले काम गरेको । अब म घर जाँदा अयोग्य भएर जाने ?,’ उनको प्रश्न छ, ‘आफैं नियुक्ति दिने अनि आफैं अविश्वास गर्ने ?’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - १६:५८
काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सहकारी संस्था लिमिटेड का व्यवस्थापक पक्राउ परेका छन्। पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय ...
चैत्र २० गते, २०८२ - १६:५४
काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्...
चैत्र २० गते, २०८२ - १६:४९
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखनका लागि अर्थ मन्त्रालयअन्तर्गत समिति गठन गरेका छन्। राजस्व व्यवस्था...
चैत्र २० गते, २०८२ - १६:३१
काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडा...
चैत्र २० गते, २०८२ - १६:११
काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...
चैत्र २० गते, २०८२ - १६:११
काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...
चैत्र २० गते, २०८२ - १५:५९
काठमाडौँ । डोलप्रसाद अर्याल को सभामुख पदको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद अर्याल शुक्रबार प्रतिनिधिसभ...
चैत्र २० गते, २०८२ - १५:५१
काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु नभएसम्म विद्यार्थी भर्ना नगर्न सरकार र सरोकारवालाहरुलाई आदेश जारी गरेको छ। शैक्षिक सत्र सुरु नहुँदै क...
चैत्र २० गते, २०८२ - १५:३८
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा केशवबहादुर कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार...
चैत्र २० गते, २०८२ - १५:११
फ्लोरिडा। करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसन अन्...


प्रतिकृया लेख्नुहोस्: