हेटौँडा। हेटौँडाबाट एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवीस्थित सोलिड्यारिटी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा ९एसइई० केन्द्रबाट उनलाई पक्राउ गरिएको हो ।
शुक्रबार बिहान अर्काको नाममा जारी गरिएको प्रवेशपत्रमा आफ्नै फोटो टाँसी परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
पक्राउ पर्नेमा सिन्धुलीको मरिन गाउँपालिका–४ घर भई हाल हेटौँडा उपमहानगरपालिका–४ स्थित हेटौँडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीय बिराज बिक रहेको छन् । शुक्रबार नेपाली विषयको परीक्षा रहेको थियो ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा बिकले हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरी निवासी १९ वर्षीय अंकिश श्रेष्ठको नामको प्रवेशपत्र प्रयोग गरी परीक्षा दिन आएको खुल्न आएको छ । घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको छ ।
बिहीबारदेखि सुरु भएको एसइई परीक्षामा मकवानपुर जिल्लाबाट ७ हजार १९२ जना विद्यार्थी सहभागी भएका छन् । जिल्लाका सामुदायिक तथा संस्थागत गरी कुल १ सय ४२ विद्यालयका विद्यार्थी परीक्षा दिइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - १४:०४
सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । काठमाडौँबाट काँकडभि...
चैत्र २० गते, २०८२ - १३:४७
सर्लाही। सर्लाहीको गोडैतामा एसईईको परीक्षा केन्द्रभित्रै मोबाइल फोन लगेर चिट चोरी गर्ने तीन जना परीक्षार्थी शुक्रबार पक्राउ परेका छन् । गोडैता नगर...
चैत्र २० गते, २०८२ - १३:३९
दमक। दमकमा रातिको समयमा मादक पदार्थ र लागु औषध सेवन गरेर होहल्ला गर्ने तथा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको ...
चैत्र २० गते, २०८२ - १२:५८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। उसले राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार डोलप्र...
चैत्र २० गते, २०८२ - १२:५२
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिने विषयमा छलफल गरेर निर्णयमा पुग्ने जनाएको छ। सभामुख निर्वाचनका लागि आज दिउँ...
चैत्र २० गते, २०८२ - १२:३१
काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेल ले सत्तापक्षसँग संसद्मा ...
चैत्र २० गते, २०८२ - १२:२०
हेटौँडा। हेटौँडाबाट एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवीस्थित सोलिड्यारिटी माध्यमिक विद्या...
चैत्र २० गते, २०८२ - १२:११
काठमाडौँ । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ । चाँदीको मूल्य तोलामा रु ५० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ...
चैत्र २० गते, २०८२ - १२:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनको उम्मेदवारीमा पार...
चैत्र २० गते, २०८२ - ११:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेको छन् । सभामुख पदका लागि...


प्रतिकृया लेख्नुहोस्: