काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर क्षेत्रीले इजरायल, अमेरिका र इरानबीचको तनावले उडानहरू अनियमित हुँदा शव ल्याउन कठिनाइ भएको जानकारी दिए।
प्रवक्ता क्षेत्रीका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अभिभमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ गरी कुल ३८ वटा शव नेपाल ल्याउन बाँकी छ । विभिन्न समयमा मृत्यु भएका ती नेपालीको शव स्वदेश ल्याउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको र प्रक्रिया सुरु भइसकेको उनले बताए ।
मध्यपूर्वको हालको द्वन्द्वमा परी हालसम्म एक जना नेपालीको मृत्यु भएको र २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । असहज परिस्थितिमा रहेका नेपालीको विवरण सङ्कलन र सम्भावित उद्धारका लागि कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म ८६ हजार ४२० जनाले आफ्नो विवरण दर्ता गराएका छन् ।
प्रवक्ता क्षेत्रीका अनुसार पछिल्लो समय मन्त्रालयको सम्पर्कमा आएर आफू असुरक्षित रहेको जानकारी गराउनेको सङ्ख्या क्रमश: घट्दै गएको छ । यस्तै, ट्रान्जिटमा फसेका सबै नेपाली नागरिकको व्यवस्थापन भइसकेको छ । कुवेतमा रहेका दुई नेपालीले साउदी अरबको भिसा प्राप्त गरिसके पनि उनीहरू आफ्नै इच्छाले तत्कालका लागि कुवेतमै बसेको जानकारी समेत मन्त्रालयले दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - १४:४४
काठमाडौँ । प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्...
जेष्ठ १२ गते, २०८३ - १४:३३
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर...
जेष्ठ १२ गते, २०८३ - १३:४०
काठमाडौं । दुर्गा प्रसाईं रिहा भएका छन्। पर्सा जिल्ला अदालतको आदेशपछि उनलाई साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल...
जेष्ठ १२ गते, २०८३ - १३:३४
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका –१३, जौंबारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा ज्यान गएको छ । जंगली च्याउ खाएपछि निरन्तर बान्ता भएर उ...
जेष्ठ १२ गते, २०८३ - १३:२६
काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आइतवार र शनिबार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई...
जेष्ठ १२ गते, २०८३ - १३:१४
काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले पार्टीका सबै कार्यक्रम तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्र...
जेष्ठ १२ गते, २०८३ - १३:०४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मल उपलब्ध गराउन सरकारसँग माग गरेको छन् । मङ्गलबार प...
जेष्ठ १२ गते, २०८३ - १२:५१
काठमाडौं । गैरकानुनी रूपमा राज्य कोषबाट व्यहोरेको भीभीआईपी उपचार खर्च एमालेले पार्टी कोषबाट फिर्ता गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ। यस विषयमा...
जेष्ठ १२ गते, २०८३ - १२:३३
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तीन वडामा घातक ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) संक्रमण पुष्टि भएको छ। नगरपालिकाका अ...
जेष्ठ १२ गते, २०८३ - १२:०६
काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावा...



प्रतिकृया लेख्नुहोस्: