काठमाडौं । दक्ष पत्रकार उत्पादन गर्ने उदेश्यले दश महिने पत्रिकारितासम्बन्धी तालिम सुरु भएको छ । नेपाल प्रेस इस्टिच्युट (एनपीआइ) को आयोजनामा विहीबारदेखि भर्चुअल माध्यमबाट दश महिने पत्रकारिता तालिम सुरु भएको हो ।
एनपीआइको ४१ औं समूहको लागि तालिम सुरु भएको एनपीआइका तालिम संयोजक कपिल काफ्लेले जानकारी दिए । भर्चुअलमाध्यमबाट सुरु भएको तालिममा देशभरका दुई दर्जनबढी प्रशिक्षार्थी पत्रकारहरुको सहभागीता छ । संयोजक काफ्लेले भने, ‘पत्रकारिताको आधार र समाचार लेखन, नयाँ/डिजिटल मिडिया, रेडियो तथा टेलिभिजन पत्रकारिता, फिचर लेखन, खोज पत्रकारिता, सम्पादन लगायतका पाठ्यक्रममा केन्द्रित भएर तालिम दिइने छ ।’
तालिममा पत्रकारिताको व्यवहारिक पक्षलाई प्राथमिकता दिईए पनि पर्याप्त मात्रामा सैद्धान्तिक ज्ञानमा पनि जोड दिइने काफ्लेकाे भनाइ छ । प्रायः बिहान ७ देखि ९ बजेसम्म सञ्चालन हुनेछ ।
उक्त दश महिने तालिमको उद्घाटन समारोहमा नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तिर्थ कोइरालाले पत्रकारितासम्बन्धी तालिम दिने देशकै अगुवा संस्था प्रेस इन्स्टिुच्युट भएकाले तालिम उपयोगी हुने बताए । उनले भने, ‘देशका पुराना र अगुवा पत्रकारहरुले स्थापना गरेको एक मात्र पत्रकारितासम्बन्धी तालिम दिनेसंस्था एनपीआइ हो । यहाँबाट उत्पादित धेरै पत्रकारहरु प्रतिष्ठित संचार संस्थामा कार्यरहत हुनुहुन्छ ।’
वि.सं. २०४१ सालमा स्थापना भएको एनपीआइ पत्रकारिता तालिम सञ्चालन गर्ने एक मात्र संचार संस्थाको रुपमा परिचित छ । काठमाडौंमा रहेको एनपीआइले दश महिने तालिमबाहेक अन्य छोटो अवधिका विभिन्न प्रकारका पत्रकारिता सम्बन्धी तालिमहरु पनि सञ्चालन गर्दै आइरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: