टोकियो । यस वर्षको पहिलो छ महिनामा रेकर्ड दुई करोड १५ लाख पर्यटकले जापान भ्रमण गरेको बुधबार सरकारी तथ्याङ्कले देखाएको छ । यो वार्षिक आधारमा २१ प्रतिशतले वृद्धि हो । यद्यपि भूकम्पको अफवाहका कारण हङकङका पर्यटकहरूमा एक तिहाइले कमी आएको छ ।
“यो सङ्ख्या छ महिनामा दुई करोड करोड नाघेको छ, जुन अहिलेसम्मकै सबैभन्दा तीव्र गति हो”, जापान राष्ट्रिय पर्यटन सङ्गठन (जेएनटिओ) ले एक विज्ञप्तिमा भनेको छ । ‘स्कूलको बिदासँग मिलाएर बढेको मागका’ कारण जुनमा मात्र यो सङ्ख्या सात दशमलव छ प्रतिशतले बढेर रेकर्ड ३४ लाख पुगेको सङ्गठनले बताएको छ ।
चीन, दक्षिण कोरिया, सिङ्गापुर, भारत, संयुक्त राज्य अमेरिका र जर्मनीबाट आउने पर्यटकहरूमा वर्षअनुसार वृद्धि भएका कारण यो सङ्ख्या बढेको हो । तर हङकङका यात्रुहरूको सङ्ख्या ३३ दशमलव चार प्रतिशतले घटेको छ । जेएनटिओले जापानमा ठूलो भूकम्पको चेतावनी दिने अनलाइन अफवाहलाई उद्धृत गरेको छ । सन् २०२४ मा हङकङका करिब २७ लाख मानिस जापान पुगेका थिए ।
भूकम्प कहिले आउनेछ भनेर ठ्याक्कै थाहा पाउन असम्भव भए पनि चिनियाँ सहरका बासिन्दाहरूमा डर पैदा गर्ने भविष्यवाणीहरू व्यापकरूपमा फैलिएको छ । केही पोस्टहरूले जापानी मङ्गा कमिकलाई उद्धृत गरेका छन् । लेखकको सपनामा आधारित उक्त कमिकले सन् २०२५ जुलाईमा ठूलो प्राकृतिक प्रकोपको भविष्यवाणी गर्दछ । जापानी अधिकारीहरूले बारम्बार अफवाहहरू झुटो भएको बताएका छन् । सरकारले सन् २०३० सम्ममा पर्यटक सङ्ख्या दोब्बर गरेर वार्षिक छ करोड पुर्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ ।
अधिकारीहरूले उनीहरू पर्यटकहरूलाई देशभर समान रूपमा फैलाउन चाहेको र वसन्तको चेरी फूल वा शरदको चम्किलो रङहरूको तस्बिर खिच्न उत्सुक पर्यटकहरूको अवरोधबाट बच्न चाहेको बताएका छन् । तर इटालीको भेनिस जस्ता अन्य विश्वव्यापी पर्यटक आकर्षणमा जस्तै पुरानो राजधानी क्योटो जस्ता गन्तव्यहरूमा बासिन्दाहरूबाट बढ्दो प्रतिरोध आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: