Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

भालु देखिएपछि जापानको गल्फ प्रतियोगिता पुनः रद्द

खबरडबली संवाददाता

टोकियो । बुधबार भालु देखिएपछि जापानमा भइरहेको गल्फ प्रतियोगिताका आयोजकले उदघाटन दिन रद्द गर्ने निर्णय गरेका छन् । पछिल्लो दुई महिनामा दोस्रो पटक भालुले खेल रोकेको छ ।

उत्तरी जापानको सेन्दाई क्लासिक गल्फ क्लबमा भइरहेको व्यावसायिक जेएलपिजिए टुरको मेइजी यासुदा लेडिज प्रतियोगिताको पहिलो टी को नजिक बिहान भालु देखिएको थियो । सोही दिन निर्धारित प्रो-एम प्रतियोगिता रद्द गरिएको थियो । आयोजकहरूले पछि बिहीबारको उद्घाटन दिन पनि रद्द गर्ने निर्णय गरे । आयोजकले बाँकी प्रतियोगिता खेलाउने वा रद्द गर्ने भन्नेबारे पछि निर्णय गर्ने बताएका छन् । प्रतियोगिताको कुल पुरस्कार राशी १० करोड येन (६ लाख ७० हजार डलर) छ ।

“बुधबार कोर्समा भालु देखापरेको रिपोर्ट गरिएको थियो र सहभागीहरू, खेलाडीहरू र कर्मचारीहरूको सुरक्षाका लागि प्रो–एम प्रतियोगिता रद्द गरिएको थियो”, प्रतियोगिताको वेबसाइटमा एक विज्ञप्तिमा भनिएको छ, “सुरक्षा सुनिश्चित गर्न र भविष्यका उपायहरू विचार गर्न हामीले बिहीबारको उद्घाटन दिन रद्द गर्ने निर्णय गरेका छौँ । हामी शुक्रबारदेखि प्रतियोगिताको विवरणहरू निर्णय भए लगत्तै घोषणा गर्ने छौँ ।” मे महिनामा मध्य जापानमा महिला दोस्रो-स्तरीय स्टेप अप टुरमा ट्विनफिल्ड लेडिजको अन्तिम राउन्ड कोर्समा भालु देखापरेपछि रद्द गरिएको थियो ।

अर्को महिना, धावन मार्गमा घुम्दै गरेको भालुले जापानी विमान स्थललाई उडानहरू रद्द गर्न र दिनभरका लागि यात्रुहरूका लागि बन्द घोषणा गर्न बाध्य पारेको थियो । गत वर्ष जापानमा भालुहरूसँगको मानव मुठभेड रेकर्ड स्तरमा पुगेको थियो । सन् २०२४ अप्रिलसम्म १२ महिनामा दुई सय १९ मानिसमाथि आक्रमण र छ जनाको मृत्यु भएको थियो । खानाका स्रोतहरू र शीतनिद्राको समयमा प्रभाव पार्ने जलवायु परिवर्तन तथा बुढ्यौली समाजले निम्त्याएको जनसङ्ख्या कमीले भालुहरूलाई बढी पटक सहरहरूमा प्रवेश गर्न प्रेरित गरिरहेको वैज्ञानिकहरूले बताएका छन् । रासस 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending