Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

इन्डोनेसियाका लागि १९ प्रतिशत कर लाग्ने ट्रम्पको भनाइ

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्डोनेसियासँग आफूले व्यापार सम्झौता गरेको बताउनुभएको छ । सम्झौता अन्तर्गत दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियाबाट अमेरिकाले ठूलो परिमाणमा सामान खरिद् गर्नेछ ।

ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने इन्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने उल्लेख गरेका छन् । यो राष्ट्रपतिले यसअघि इन्डोनेसियालाई लगाउने भनिएको ३२ प्रतिशत करभन्दा निकै कम हो । 

“सम्झौताअनुसार इन्डोनेसियाले अमेरिकी ऊर्जामा १५ अर्ब डलर, अमेरिकी कृषि उत्पादनमा ४.५ अर्ब डलर र ५० वटा बोइङ जेट खरिद गर्ने प्रतिबद्धता जनाएको छ,” ट्रम्पले लेखेका छन् । यो घोषणापछि बोइङको शेयर ०.२ प्रतिशतले घटेको छ । अमेरिकी राष्ट्रपतिको कर योजनाबाट बच्नका लागि देशहरूले वासिङ्टनसँग वार्ता गर्न चाहना राख्न थालेपछि ट्रम्प प्रशासनलाई तत्काल व्यापार सम्झौताहरू सम्पन्न गर्न दबाब परेको छ । राष्ट्रपति ट्रम्पले अहिलेसम्म बेलायत र भियतनामसँगको अन्य सम्झौतामात्र सार्वजनिक गरेका छन् । चीनसँग अस्थायी रूपमा प्रतिशोधात्मक (टि फर ट्याट्) कर घटाउने सम्झौता गरेका छन् । 

गत हप्ता ट्रम्पले इन्डोनेसियाली सामानमा ३२ प्रतिशत कर लगाउने चेतावनी दिँदै देशको नेतृत्वलाई पत्र लेखेका थिए । पत्रमा कर वृद्धिसम्बन्धी निर्णय अगस्ट १ देखि लागू हुने उनले बताएका थिए । इन्डोनेसियामा मङ्गलबार घोषणा गरिएको सम्झौताबाट घटाइएको शुल्क स्तर कहिलेदेखि लागू हुन्छ भन्ने स्पष्ट छैन । यसको विभिन्न खरीदहरू कुन अवधिमा हुनेछ भन्ने पनि निर्दिष्ट गरिएको थिएन ।

इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोसँग कुरा गरेपछि अन्तिम रूप दिइएको उक्त सम्झौताअन्तर्गत उच्च करबाट बच्नका लागि जहाजबाट ढुवानी गरिएका सामानमा चर्को कर लाग्ने ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले भारतसँग अन्य सम्झौताको काम भइरहेको र युरोपियन युनियनसँग वार्ता जारी रहेको बताए । 

इन्डोनेसियाली राष्ट्रपतिका प्रवक्ता हसन नास्बीले बुधबार सम्झौता ‘प्रगति’ भएको र यसलाई सामान्य भन्न नमिल्ने बताएका थिए । नयाँ १९ प्रतिशत को दरलाई पुष्टि गर्दै उनले भने, “यो हाम्रा राष्टप्रमुखले अमेरिकी राष्ट्रपतिसँग प्रत्यक्ष रूपमा गरेको असाधारण वार्ता हो ।” उनले एएफपीलाई बताएअनुसार प्राबोवोले युरोप भ्रमणबाट फर्केपछि बुधबार दिउँसो सम्झौताबारे वक्तव्य दिने छन् । 

इन्डोनेसियाका पूर्व विदेश उपमन्त्री डिनो पट्टी जालालले मङ्गलबार विदेश नीति कार्यक्रममा सरकारका भित्री सूत्रहरूले नयाँ सम्झौताबाट आफूहरू खुसी रहेको सङ्केत गरेको बताए । ट्रम्पले गत अप्रिलमा लगभग सबै व्यापारिक साझेदारमाथि १० प्रतिशत कर लगाइएको घोषणा गरेका थिए । उनले युरोपेली सङ्घ, चीन, इन्डोनेसियालगायत दर्जनौं अर्थतन्त्रका लागि यो स्तर बढाउने घोषणा गरेका थिए । 

प्रत्येक अर्थव्यवस्थामा अनुकूलित व्यापक कर लागू हुनुभन्दा केही दिन अघि जुलाई ९ मा लागू गर्ने भनिएको कर अगस्ट १ सम्मका लागि बिस्तार गरिएको राष्ट्रपति ट्रम्पले बताए । यो कर वृद्धि गर्ने ट्रम्पको निर्णय लागू गर्ने बिषयमा भएको दोस्रो स्थगन थियो । गत साताको सुरुदेखि नै ट्रम्पले साझेदारहरूलाई पत्र पठाउँदै आगामी अगष्टमा उनीहरूले सामना गर्नुपर्ने करको स्तर निर्धारण गर्दै आएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending