ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अदालतले लक्ष्यभन्दा बढी मुद्दाको फर्छ्योट गरेको छ । जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी अर्थात् साढे बहत्तर प्रतिशत मुद्दाको फर्छ्याैट गरेको हो ।
जिल्ला अदालतका श्रेस्तेदार मनोज बरालका अनुसार चालु आवको अन्तिम दिन बुधबार सम्ममा कुल ४२० वटा मुद्दाको फर्छ्याैट भएको छ । चालु आवभित्र ३७५ वटा मुद्दाको फर्छ्योट गर्ने जिल्ला अदालतले लक्ष्य राखेकोमा ४५ वटा बढी मुद्दाको फर्छ्याैट भएको श्रेस्तेदार बरालले जानकारी दिए ।
उनका अनुसार गत आवबाट जिम्मेवारी सरी आएको १२७ वटा र चालु आवमा नयाँ दर्ता भएको ४५२ गरी ५७९ वटा मुद्दामध्ये ४२० वटा मुद्दाको फैसला अर्थात फर्छ्योट गरिएको हो । जिल्ला अदालतमा दर्ता भएकामध्ये असार मसान्तसम्ममा दुई वर्ष पुगेको १७ र एक वर्ष छ महिना (१८ महिना) पुगेका ४७ वटा सबै मुद्दाको फर्छ्योट भएको बरालले जानकारी दिए ।
अघिल्लो आवबाट जिम्मेवारी सरी आएको समेत असार मसान्तसम्ममा दर्ता भएका कुल ५७९ मध्ये फर्छ्योट भएको बाहेक बाँकी १५९ वटा मुद्दाको फैसला अर्थात् फर्छ्योट गर्ने जिम्मेवारी आगामी आर्थिक वर्षका लागि सरेको छ । यस्तै गत साउनदेखि असार मसान्तसम्म जिल्ला अदालतमा दर्ता निवेदन तथा प्रतिवेदनतर्फ १२६ वटा सबैको फर्छ्योट भएको श्रेस्तेदार बरालले जानकारी दिए ।
यता लक्ष्यभन्दा बढी सङ्ख्यामा मुद्दाको फर्छ्योट गरेर सपलता हासिल गर्नु अदालतका कर्मचारी, सेवाग्राही लगायतको सहयोगले सम्भव भएको जिल्ला न्यायाधीश विकास श्रेष्ठले बताए । जिल्ला न्यायाधीश श्रेष्ठले आगामी आर्थिक वर्षमा पनि न्युनतम र आवश्यक लक्ष्यसहित अदालतले काम गर्ने बताए ।
यसैगरी कैद तथा दण्ड जरिवानातर्फ तीन करोड ७६ लाख ४९ हजार ३२९ रुपियाँ जरिवाना असुल गर्नुपर्नेमा चालु आवको असार मसान्त सम्ममा १५ लाख २९ हजार ९४७ रुपियाँ असुल गरेको छ । तीन करोड ६१ लाख १९ हजार ३८२ रुपियाँ जरिवाना रकम अझै बाँकी रहेको अर्थात आगामी आवका लागि जिम्मेवारी सरी आएको जिल्ला अदालतले जनाएको छ ।
त्यस्तै कैदतर्फ एक हजार २३७ वर्ष पाँच महिना दुई दिनमध्ये एक सय १९ वर्ष छ महिना चार दिन कैद सजाय पाएकाबाट असुल भएको छ । एक हजार ११७ वर्ष १० महिना २८ दिन अझै असुल हुन बाँकी रहेको अर्थात कैद सजाय पाएकाले कारागार बस्नुपर्ने अवधि बाँकी रहेको अदालतले जनाएको छ ।
यता क्षतिपूर्ति भराउनुपर्ने ७० जना कसुर पीडितमध्ये पाँच जनालाई तीन लाख १४ हजार ४३ रुपियाँ क्षतिपूर्ति भएको पनि जिल्ला अदालतका सूचना अधिकारी एवम् इजलास अधिकृत विष्णुकुमार राईले जानकारी दिए । इजलास अधिकृत राईले असार मसान्तसम्मको लगत अनुसार अझै कसुर पीडित ६५ जनालाई एक करोड ५५ लाख ६७ हजार ३०५ रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने बाँकी रहेको बताए । उनका अनुसार बाँकी रहेको मुद्दा, कैद तथा जरिवाना असुली लगायतको फर्छ्याैट गर्ने जिम्मेवारी आगामी आवका लागि सरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: