Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

घरबास पर्यटनसम्बन्धी तालिमपछि डाँडाडुमका महिला स्वरोजगार बन्दै

खबरडबली संवाददाता

पाल्पा । तानसेन नगरपालिका वडा नम्बर ९ डाँडाडुमका महिला घरबास (होमस्टे) पर्यटन विकाससम्बन्धी तालिम लिएपछि स्वरोजगारका लागि पहल गर्न थालेका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत तारा गाउँ विकास समिति काठमाडौँद्वारा दिइएको घरबास पर्यटन विकाससम्बन्धी आधारभूत तालिमबाट सीप र ज्ञान प्राप्त गरेपछि गाउँमा होमस्टे सञ्चालन गरी आर्थिक समृद्धि हासिल गर्नेतर्फ यहाँका महिला लागेका हुन् ।

तालिममा पर्यटन र होमस्टे, होमस्टेको अवधारणा, कानुनी प्रबन्ध, पर्यटकीय पूर्वाधार, पाहुनाको स्वागत र बिदाइ, घर कोठाको सजावट, खाना र खाजाका परिकार निर्माण, स्थानीय कला र संस्कृतिको प्रदर्शनलगायत विषयमा प्रयोगात्मक अभ्यास गराइएको थियो । तालिम लिएपछि सरिता आलेले नेपालका सफल होमस्टेको कथा सुन्दा आफ्नो गाउँलाई पनि त्यस्तै बनाउन सकिन्छ भन्ने आत्मबल र उत्साह जागेको बताइन् । 

उनले भनिन्,“गाउँमै बसेर आफैँले उत्पादन गरेका वस्तु र आफ्नै रहनसहन बेचेर मनग्य आम्दानी गर्न सकिँदो रहेछ, हामीलाई तालिमले आम्दानीको मार्ग खोलिदिएको छ । सिकेको ज्ञान, सीपको प्रयोग गरेर स्थानीयस्तरमा स्वरोजगार बन्ने र पर्यटन प्रवर्द्धनमा समन्वय गर्ने योजना बनाएका छौँ ।” 

नौमति बाजा समूहका अध्यक्ष ईश्वरी पृथीले आफूसँग भएका सांस्कृतिक सीप र दक्षतालाई पाहुनाको स्वागत र मनोरञ्जनमा लगानी गर्ने बताइन् । यहाँका ६६ मध्ये सुरुमा ११ घरमा होमस्टे सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको उनले बताइन् ।

पहिलो चरणमा ११ वटा घरबाट होमस्टे सञ्चालन गर्ने योजना अनुसार प्रारम्भिक तयारी थालिएको मदनपोखरा सामुदायिक होमस्टेका अध्यक्ष तुलबहादुर गाहाले बताए । होमस्टे सञ्चालनका लागि तालिमले महत्त्वपूर्ण र सहयोगी भूमिका खेलेको तालिममा सहभागी सरस्वती पचभैयाले विश्वास व्यक्त गरे । 

पर्यटनका लागि आवश्यक सडक पूर्वाधार, मनोरम दृश्य, समुदायको एकता र मौलिक संस्कृति डाँडाडुममा रहेकाले यहाँ होमस्टे सञ्चालन गर्न उपयुक्त मानिएको स्थानीय राजनीतिज्ञ ओमबहादुर घर्तीले बताए । उनले भने,“समुदायको आत्मसम्मान र आर्थिक उपार्जनका लागि घरबास पर्यटन महत्त्वपूर्ण हुनेछ ।” 

डाँडाडुमका स्थानीयको सेवा सत्कार, मौलिक संस्कृति र स्थानीय अर्ग्यानिक उत्पादनका परिकारलाई घरबास कार्यक्रममार्फत बजारीकरण गर्न सकिने तानसेन–८ का वडाध्यक्ष सोमनाथ अर्यालले बताए । सामुदायिक घरबास कार्यक्रमले सामूहिक भावना, इमानदार र मर्यादित अतिथि सत्कार र सुसंस्कृतिको सम्मान हुने तानसेन–९ का वडाध्यक्ष राजेशकुमार अर्यालले बताए । 

“घरबास कार्यक्रमले गाउँमा रोजगारी सिर्जना गर्ने, युवाको विदेश पलायनदर घटाउने र महिलाको सक्रियता बढाउने विश्वास गर्दै यहाँ होमस्टेमार्फत पर्यटन प्रवर्द्धन हुनेछ”, उनले भने, “होमस्टे केवल पर्यटक बस्ने ठाउँ मात्र होइन, यो त हाम्रो संस्कृति, जीवनशैली र अतिथि सत्कार देखाउने स्थान पनि हो ।”

सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कल्पना भण्डारी, वडा सदस्य माधवप्रसाद बस्याल, कमल दर्लामी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तानसेन नगर कमिटीका अध्यक्ष गुँराश आत्रेय, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वडा कमिटी अध्यक्ष हरिश्चन्द्र भुसाललगायतले आतिथ्य सत्कार, मौलिक परिकार र पाहुनासँगको व्यवहारलाई प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धनमार्फत महिलाले आयआर्जन बढाउनुपर्नेमा जोड दिए ।

तालिमका प्रशिक्षक मनिसा श्रेष्ठले यहाँका समुदायको जागरूकता, जनप्रतिनिधिको सहयोग र पर्यटनमैत्री संस्कृति हेर्दा सञ्चालनको छोटो समयमा लोकप्रिय र सफल होमस्टे बन्न सक्ने विश्वास व्यक्त गरिन् । तारा गाउँ विकास समितिका प्रशिक्षक शम्भु कार्की, दिनेश भण्डारी र मनिसा श्रेष्ठले तालिममा सहजीकरण गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending