रौतहट । पछिल्लो समय रौतहटको वन जङ्गलको निगरानी गर्न ‘ड्रोन’को प्रयोग गर्न थालिएको छ । डिभिजन वन कार्यालय रौतहटअन्तर्गत जङ्गल सहिया सबडिभिवन वन कार्यालय जङ्गल सहियाले चोरी तस्करी नियन्त्रण गर्नका लागि हिजोआज ड्रोन प्रयोग गर्न थालेको हो ।
विगत तीन महिनादेखि सो क्षेत्रको वन जङ्गलमा ड्रोनबाट नै निगरानी गरिँदै आएको छ । ड्रोनबाट वन जङ्गलको निगरानी गर्न थालेपछि काठ, दाउरा, नदीजन्य पदार्थको तस्करी नियन्त्रणमा आएको सबडिभिजन वन कार्यालय जङ्गल सहियाका वन अधिकृत विनोद जेठराले बताए ।
ड्रोनको सहायताले १० किलोमिटर वन क्षेत्रको निगरानी सहजै गर्न सकिएको र वन संरक्षणमा ठुलो टेवा पुगेको वन अधिकृत जेठराको भनाइ रहेको छ । ड्रोनको प्रयोगले तस्कर पक्राउ गर्न पनि सहज भएको उनले बताए ।
ड्रोनका कारण धन्सारखोलाबाट हुने ढुङ्गा गिट्टीको तस्करी पनि नियन्त्रणमा आएको जेठराले बताए । सो क्षेत्रका दाउराका नाममा सयौँ साइकलहरू जङ्गलमा गएर सालको लाथ्रा काटेर लाने गर्दै आएका थिए । ती दाउराहरू रौतहटका विभिन्न इँटा भट्टाहरूमा पुग्ने गरेका छन् ।
ड्रोनबाट रौतहटको जङ्गल सहिया, चोचा, धन्सार तथा गैडाटार वन क्षेत्रको निगरानी गरिरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए। अहिले एउटा मात्र ड्रोनले निगरानी गरेको र आउँदो आर्थिक वर्षमा अरू पनि ड्रोन क्यामेरा माग गरेको उनले जानकारी दिए । ड्रोनबाट काठ तस्करी नियन्त्रण ढुङ्गा गिट्टी तस्करी नियन्त्रण जस्तामा प्रभावकारी रहेको डिभिजन वन अधिकृत साहले बताए ।
मधेस प्रदेशको कुल वन क्षेत्रको २५ प्रतिशत र नेपालको कुल वन क्षेत्रको ३ दशमलव ९६ प्रतिशत वन रौतहट जिल्लामा पर्ने जानकारी दिँदै प्रमुख वन अधिकृत साहले यसको संरक्षणका लागि कुनै कसुर बाँकी नराखेको बताए ।
रौतहटमा ३० हजार १७० हेक्टर वन क्षेत्र छ । जसमा सरकारद्वारा व्यवस्थित वन आठ हजार २३१ हेक्टर, तीन वटा साझेदारी वनद्वारा ११ हजार ९२७ हेक्टर, ब्लक फरेष्ट व्यवस्थापन एक हजार ५२ हेक्टर, ४३ वटा सामुदायिक वनद्वारा आठ हजार २५७ हेक्टर, चार वटा धार्मिक वनद्वारा ५१ हेक्टर र निजी वनद्वारा ६५६ हेक्टर वन क्षेत्रको संरक्षण गरिँदै आएको उनले जानकारी दिए ।
चालु आर्थिक वर्षभित्र जिल्लाका विभिन्न स्थानका १२ हेक्टरभन्दा बढी जङ्गलको अतिक्रमण भूभाग क्षेत्र हटाई वृक्षारोपण गरेको उनले जानकारी दिए छ । यसैबिच डिभिजन वन कार्यालय रौतहटले चालु आर्थिक वर्षमा आठ लाख १८ हजार ७८ वटा विभिन्न जातको बिरुवा उत्पादन गरेको समेत वन अधिकृत साहले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: