काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड राखिएको बताएका छन् ।
राष्ट्रिय सभामा निजामति विधेयकबारे सांसदहरुले उठाएकाे जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका छन् । उनले अभ्यासका क्रममा देखिएका खोटहरु फाल्न यो व्यवस्था गरिएको बताए ।
उनले रिटायर भएको भोलिपल्टै अख्तियार प्रमुख, राजदुत भएर जाने पद्दतिले गुड गभर्नेन्समा असर पर्ने बताए । प्रजातन्त्र र व्यवस्थाप्रति लोयल नभइ आफ्नो स्वार्थका लागि राजीनामा दिएर नियुक्ति खाने परिपाटी अन्त्य गर्न यो व्यवस्था ल्याइएको जिकिर गरे ।
मन्त्री गुरुङले भने, ‘कुलिङ अफ पिरियडको व्यवस्था किन गर्न खोजेको हो भने अभ्यासमा त हामीले देखिरहेका छौँ । हाम्रो अभ्यासमा देखिएका खोटहरुलाई हामीले फाल्न खोजेको हो । रिटायर भएको भोलिपल्टै अख्तियार प्रमुख, राजदुत भएर जाने वा कुनै पनि सरकारी निकायमा रहने कुरा स्वार्थका आधारमा उसले आजको दिनमा डेमोक्रेसीप्रति र हाम्रो व्यवस्थाप्रति लोयल नभइकन आफ्नो स्वार्थप्रति काम गर्ने परिस्थिति बन्दा गुड गभर्नेन्समा असर गर्छ भनेर त्यस्तो चिजबाट मुक्त ब्युरोक्रेसी खोजेको हो ।’ मन्त्री गुरुङले रिटायर भएको भोलिपल्ट अर्को निकायमा जाने कुराले गुड गभर्नेन्समा असर पर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: