उदयपुर । उदयपुरका साहित्यकार बोधकुमार घिमिरेले पहिलो पुस्तक ‘बलिदानका कथाहरू’ बजारमा ल्याएका छन् । उदयपुरगढी गाउँपालिका– ६, नेपालटारनिवासी घिमिरेले मार्क्सवादी साहित्यमा केन्द्रित रहेर प्रगतिशील दृष्टिकोणबाट कथासंग्रह ‘बलिदानका कथाहरू’ केही दिनअघि मात्र बजारमा ल्याएका हुन् ।
साहित्यका विभिन्न विद्यामा लेखनप्रेमी रहेका घिमिरेको पहिलो कथासंग्रहले व्यवस्था परिवर्तनमा बलिदान दिनेहरूको कथा उजागर गरेको छ । उक्त कथासंग्रहमा नेपाली राजनीतिक व्यवस्था परिवर्तनका लागि जीवन बलिदान गर्नेहरूले देखेको सपना र हालको अवस्था देखाइएको छ ।
साहित्यकार घिमिरले भने, ‘पठन संस्कृति हराउँदै गएको समयमा मोफसलमा रहेर ‘बलिदानका कथाहरू’ ल्याउने दुःस्साहस गरेको छु । अब यसको मूल्यांकन पाठकको जिम्मा लगाएको छु ।’ घिमिरेको कथासंग्रहमा जम्मा ११ वटा फुटकर कथा समावेश छन् । जसमा ‘अधुरो चाहाना’, ‘अन्तिम दृश्य’, ‘उदयचन्द्रको रथ’, ‘दलमुखी’, ‘प्रतिज्ञा’, ‘पल्लो घरको बत्ती’, ‘पश्चताचाप’, ‘भिडियो कल’, ‘सेतो लुगा’ र ‘हराएको लेखक’ छन् ।
प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय उपमहासचिवसमेत रहेका घिमिरे उदयपुरका वामपन्थी नेता पनि हुन् । उक्त कथासंग्रहको पुस्तक लोकार्पण समारोह आगामी साउन ३ गते गाईघाटको संगम सामुदायिक पुस्तकालयमा राखिएको घिमिरेले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: