बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले साउन १ गतेदेखि साउन मसान्तसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म विपी राजमार्गमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
कार्यालयले वर्षायाममा बाढीपहिरोलगायतको विपद्जन्य घटनाबाट हुन सक्ने जोखिम न्यूनीकरण तथा यात्रुको सुरक्षाका लागि उक्त निर्णय गरेको जनाएको हो । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले विपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेबेँशीहुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको बताए ।
उनले तत्कालका लागि यात्रुबाहक सवारी र निजी सवारीलाई रोक लगाइएको बताउँदै आकस्मिक र मालबाहक सवारीको हकमा भने उक्त नियम लागु नुहने बताए । “पछिल्ला दिनमा वर्षासँगै आएको लेदोको कारण घण्टौँसम्म राजमार्ग अवरुद्ध हुन पुगेको छ, हामीले रातको समयमा सवारी सञ्चालनमा रोक लगाएका कारण कुनै मानविय क्षति हुन पाएको छैन, आागामी दिनमा राजमार्गमा यात्रा गर्ने यात्रु तथा सवारीमा कुनै क्षति नहोस् भन्नका लागि हामीले साँझ ५ बजेदेखि सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेका हौँ” प्रजिअ ढकालले भने ।
जिल्ला प्रशासन कार्यालयले यसअघि असार ६ गतेबाट साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाएको थियो । गत असोज महिनामा रोसी खोलामा आएको बाढीका कारण विपी राजमार्गको काभ्रेभन्ज्याङदेखि कटुञ्जेबेँशीसम्म सामान्य क्षति पुगेको थियो भने कटुञ्जेदेखि सिन्धुलीको सिमाना बोक्सीकुनासम्मको २९ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको थियो ।
बाढीबाट क्षति भएको राजमार्गको विभिन्न स्थानमा सामान्य वर्षा हुँदा लेदो आई सडक अवरुद्ध हुने गरेको छ भने केही माम्तीमा लेदोसहितको भेल आई सडक कटान गरी सडक घण्टौँ अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेपछि प्रशासनले रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: