विराटनगर । पशुमा लाग्ने लम्पीस्किन रोगबाट कोसी प्रदेशमा एक हप्तामा १३९ पशुको मृत्यु भएको छ । मृत्यु हुनेमा गाईको सङ्ख्या अधिक छ । एक सातामा १३६ वटा गाई मरेका हुन् भने तीन ओटा अरू पशु मरेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कोसी प्रदेशले जानकारी दिएको छ ।
लम्पीस्किनबाट यस पटक गाईका साना बाछाबाछीहरू बढी प्रभावित भएको पाइएको छ । यस वर्ष सङ्क्रमण सुरु भएपछि ३३६ पशुको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । त्यसमध्ये ३३० ओटा गाई मरेका हुन् ।
यो हप्ता मात्र कोसी प्रदेशका १० जिल्लामा ३ हजार ७७८ पशुमा लम्पीस्किनको सङ्क्रमण देखिएको थियो । सङ्क्रमण सुरु भएको दुई महिनाको अवधिमा १६ हजार ५१९ पशु सङ्क्रमित भइसकेका छन् । जसमा १३६ ओटा भैँसीमा सङ्क्रमण देखिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कोशीका निर्देशक डा. सुशिलकुमार अधिकारीले जानकारी दिए । उनले माउ गाईमा भने यस पटकको सङ्क्रमण कम देखिएको र बाछाबाछीमा बढी सङ्क्रमण देखिएको बताए ।
कोसी प्रदेशमा सोलुखुम्बु, ओखलढुङ्गा, सङ्खुवासभा र तेह्रथुम जिल्लामा लम्पीस्किनको सङ्क्रमण फेला परेको छैन । बाँकी १० जिल्लामा रोगका सङ्क्रमण फैलिएको छ । त्यसमध्ये झापामा सबैभन्दा बढी सङ्क्रमण देखिएको छ ।
प्राप्त तथ्याङ्क अनुसार झापा जिल्लामा ४ हजार २४ पशुमा सङ्क्रमण देखिएको छ । यसमध्ये ३ हजार ९९९ गाई र २५ भैँसी छन् । झापामा यस रोगका कारण ११२ पशुको मृत्यु भएको छ, जसमा १०५ गाई र ७ भैँसी छन् । सङ्क्रमण नियन्त्रणका लागि झापामा ८ हजार ३८५ पशुमा खोप लगाइएको छ ।
सुनसरी जिल्लामा ४ हजार सङ्क्रमित पशुहरू छन् । यसमध्ये ३ हजार ९८४ गाई र १६ भैँसी छन् । सुनसरीमा ७१ पशुको मृत्यु भएको छ, जसमा ६८ गाई र ३ भैँसी छन् । सुनसरीका ११ हजार ४८१ पशुमा खोप लगाइएको छ ।
मोरङ जिल्लामा ३ हजार ७१६ पशुमा सङ्क्रमण देखिएको छ । जसमध्ये ३ हजार ७०४ गाई र १२ भैँसी छन् । मोरङमा ६४ पशुको मृत्यु भएको छ, जसमा ६३ गाई र एउटा भैँसी रहेको छ । मोरङमा११ हजार ६०४ पशुमा खोप लगाइएको छ ।
न्यूनतम सङ्क्रमण भएका जिल्लाहरूमा उदयपुरमा ४२५ पशुमा सङ्क्रमण देखिएको छ । यसमध्ये ४१० गाई र १५ भैँसी छन् । उदयपुरमा ८ पशुको मृत्यु भएको छ र ४ हजार ४४७ पशुमा खोप लगाइएको छ । इलाम जिल्लामा ३९६ पशुमा सङ्क्रमण देखिएको छ, जसमा ३८१ गाई र १५ भैँसी छन् । इलाममा ५ पशुको मृत्यु भएको छ भने ५ हजार ३७६ पशुमा खोप लगाइएको छ । भोजपुरमा ३७६ पशुमा सङ्क्रमण देखिएको छ, जसमध्ये ३७५ गाई र एउटा भैँसीमा सङ्क्रमण भेटिएको छ । भोजपुरमा ७ पशुको मृत्यु भएको छ र ३ हजार २५७ पशुमा खोप लगाइएको छ ।
यस हप्ता कोसी प्रदेशमा ५६ हजार ७१ पशुमा लम्पीस्किनविरुद्ध खोप लगाएर रोगको सङ्क्रमण नियन्त्रण गर्ने प्रयत्न सरकारले गरेको छ । यस वर्ष कोसी प्रदेशका २ लाख ६२ हजार ६०९ पशुमा खोप लगाइएको निर्देशक अधिकारीले जानकारी दिए । तराई क्षेत्रका जिल्लाहरूमा सङ्क्रमण बढी देखिएको छ भने पहाडी जिल्लाहरूमा तुलनात्मक रूपमा कम सङ्क्रमण देखिएको छ । विशेष गरी बाछाबाछीहरूमा यस रोगको प्रभाव बढी देखिएकाले पशुपालकहरुले विशेष सावधानी अपनाउनुपर्ने निर्देशनालयले सुझाव दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: