वराहक्षेत्र । धरान–चतरा सडक खण्डमा पर्ने तीन वटा पुल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत रहेको सडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा पुल निर्माणा गरिएको हो ।
निर्माणाधीन तीन वटा मोटरेबल पुलको ९५ प्रतिशत काम सकिएको भए पनि बाटोको काम बाँकी रहेको बताइएको छ ।
बहुवर्षीय योजना अन्तर्गत झापाको बाहुनडाँगीदेखि खुर्कोट हुँदै महाकालीसम्म १ हजार २ सय किलोमिटर मदन भण्डारी राजमार्ग निर्माणको काम अन्तर्गत पुलहरु निर्माण भइरहेको बताइएको छ । पुल निर्माणमा खटिएको ‘सूर्य एण्ड सन्स निमार्ण कम्पनीका इन्जिनियर उमेश श्रेष्ठका अनुसार बाघ खोला, बगुवा खोला र ठकुरी खोलाको पुल निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ ।
वर्षामा धरान चतरा सडक खण्डको बाघखोला तर्दा मानवीय क्षति हुँदै आएको थियो । पुल निर्माण भएसँगै भोजपुर, खेटाङ, उदयपुरका स्थानीयहरु स्वाथ्य, शिक्षा र कृषि उपज बिक्री वितरण गर्न धरान बजार जाने सडक सहज हुने भएको स्थानीय सन्तोष गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो, पहिला पुल नहुँदा यात्रुहरुले वर्षौंदेखि वर्षामा सास्ती खेप्दै आएको सम्झना आउँछ ।
सूर्य एण्ड सन्स निर्माण कम्पनीका इन्जिनियर उमेश श्रेष्ठका अनुसार लामो बाघ खोला पुलको काम ९५ प्रतिशत सम्पन्न भएको छ । त्यस्तै, बगुवा खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलको निर्माण ९५ प्रतिशत र ठकुरी खोलामा निर्माणाधीन ३५ मिटर लामो पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ । रेल्वे पुलको काम भने जङ्गल क्षेत्रभित्र पर्न गएको कारण सुरु हुन सकेको छैन । जङ्गल क्लियरेन्सको काम नहुँदा काम अगाडि बढ्न सकेको छैन । क्लियरेन्स भएपछि काम सुरु गरिने इन्जिनियर श्रेष्ठले भने ।
चार वटा मोटरेबल पुल निर्माणका लागि कम्पनीले भ्याटसहित रु. २१ करोड ७८ लाख ६३ हजार ७५० ठेक्का परेर २०७९ साल जेठ महिनामा निर्माण कार्य सुरु गरिएको थियो । पुलको छेउछेउमा फिनिसिङको काम मात्रै बाँकी रहे पनि अहिले तीनै वटा पुल सञ्चालनमा आइसकेका छन् । सडकको छेउछाउमा धेरै रुख भएकाले फिनिसिङ कार्य रोकिएको छ । रुख व्यवस्थापन भएपछि बाँकी काम पनि छिट्टै सम्पन्न गरिने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: