बेइजिङ । वासिङ्टन र बेइजिङले एकअर्कामाथिको कर घटाउने सम्भावित सम्झौतामा सहमति जनाएपछि चीनको निर्यात जुनमा अपेक्षा गरिएभन्दा बढेको चीनको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । चीनको सामान्य कर प्रशासनको तथ्याङ्कअनुसार निर्यात अघिल्लो बर्षको सोही महिनाको तुलनामा ५.८ प्रतिशतले बढेको छ । यो अर्थशास्त्रीहरूले ब्लुमबर्ग सर्वेक्षणमा गरेको पाँच प्रतिशतको पूर्वानुमानभन्दा बढी हो ।
यो अवधिमा अमेरिकातर्फको आयात १.१ प्रतिशतले बढेको छ जुन अघिल्लो बर्षको जुन महिनाको भन्दा ०.३ प्रतिशतले बढी हो र यो वर्ष देखिएको पहिलो वृद्धि हो । पछिल्लो समय सुस्त बनेको चिनियाँ अर्थतन्त्रको लागि सुधारको आधारविन्दु मानिएको चीनको निर्यात सन् २०२४ देखिको सबैभन्दा उच्च बिन्दुमा पुगेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यापक करवृद्धिका कारण संयुक्त राज्य अमेरिकासँगको व्यापार युद्धका कारण आर्थिक वृद्धिलाई निरन्तरता दिने बेइजिङको प्रयास प्रभावित भएको छ, यद्यपि गत महिना लण्डनमा भएको वार्तामा दुई देशबीचको विवादलाई कम गरिएको थियो । सोमबारको भन्सार तथ्याङ्कअनुसार जुन महिनामा संयुक्त राज्य अमेरिकामा चिनियाँ निर्यातमा ३२.४ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो महिना घटेको थियो ।
क्यापिटल इकोनोमिक्सका चिनियाँ अर्थशास्त्री जिचुन हुआङले भने, “अमेरिका र चीनबीचको व्यापार युद्धविरामका कारण गत महिना निर्यात मूल्यमा केही सुधार आएको छ ।” हुवाङले भने, “चीनबाट अमेरिकामा हुने आयात कर उच्च रहने सम्भावना छ । चिनियाँ निर्माताहरूले मूल्य घटाएर विश्वव्यापी बजार हिस्सा द्रुत रूपमा विस्तार गर्ने उनीहरूको क्षमतामा बढ्दो अवरोधहरूको सामना गरिरहेका छन् । त्यसैले आगामी त्रैमासिकमा निर्यात वृद्धि दर सुस्त हुने र यसले आर्थिक वृद्धिमा असर पार्ने अपेक्षा गरेका छौँ ।”
‘पिनप्वाइन्ट एसेट म्यानेजमेन्ट’का अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झिवेई झाङले चिनियाँ कम्पनीहरुले अझै पनि संयुक्त राज्य अमेरिकामा निर्यातलाई ‘फ्रन्टलोडिङ’ गरिरहेको देखाएको बताए । निर्यातको बलियो आँकडाले ‘कमजोर घरेलु मागलाई आंशिक रूपमा पूर्ति गर्न मद्दत गर्दछ र सम्भवतः दोस्रो त्रैमासिकमा जिडिपी वृद्धिलाई पाँच प्रतिशतको सरकारको लक्ष्यको वरिपरि राख्न सक्छ,” झाङले भने ।
उनले भने, “संयुक्त राज्य अमेरिकामा निर्यातको गतिविधि कहिलेकाहीं फिक्का हुनेहुँदा वर्षको उत्तरार्धको लागि दृष्टिकोण अस्पष्ट छ ।” भन्सार अधिकारी वाङ लिङ्जुनले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, “अमेरिकाले चीनसँग पनि यही दिशामा मिलेर काम गरिरहने छ भन्ने बेइजिङले आशा गरेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...
मंसिर २९ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान ...
मंसिर २९ गते, २०८२ - १७:५५
मोरङ । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगा...
मंसिर २९ गते, २०८२ - १७:५२
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ ब...
मंसिर २९ गते, २०८२ - १७:४९
सुर्खेत । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन् । शनिबार सुर्खेतमा...
मंसिर २९ गते, २०८२ - १७:४६
सिराहा । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूको नामावलीमा जिल...
मंसिर २९ गते, २०८२ - १७:४३
ढाका । सुडानको अबियेई क्षेत्रमा रहेको संयुक्त राष्ट्रसङ्घको आधार शिविरमा भएको आक्रमणमा बङ्गलादेशी सेनाका ६ जना शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइ...
मंसिर २९ गते, २०८२ - १७:४१
टोकियो । जापानका हाईस्कुल विद्यार्थीमध्ये करिब १० प्रतिशतले चिकित्सकको सल्लाहविना सेवन हुने औषधि पछिल्लो वर्षमा बारम्बार प्रयोग गरेको बताएका छन् । ...




प्रतिकृया लेख्नुहोस्: