Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक सुरु, महाधिवेशन तयारीबारे छलफल

खबरडबली संवाददाता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु भएको हो।

बैठक भरतपुरको विक्रम मार्गस्थित दियालो फुडल्यान्डमा बसिरहेको छ। आइतबारदेखि सुरु हुने रास्वपाको प्रथम महाधिवेशनअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो।

बैठकमा महाधिवेशनको तयारी, विधान संशोधन प्रस्ताव तथा समसामयिक संगठनात्मक विषयमा छलफल भइरहेको जनाइएको छ।

हाल रास्वपाको १३१ सदस्यीय केन्द्रीय समिति रहेको छ। विधान संशोधनमार्फत समितिको सदस्य संख्या १५१ पुर्‍याउने प्रस्ताव गरिएको छ। केन्द्रीय समितिबाट पारित हुने संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिनेछ।

केन्द्रीय समिति बैठक तथा महाधिवेशनमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने आज चितवन आउने कार्यक्रम रहेको रास्वपा चितवनका सभापति मिनी माधव खनालले जानकारी दिएका छन्।

रास्वपाको प्रथम महाधिवेशन आइतबारदेखि तीन दिनसम्म भरतपुरमा सञ्चालन हुनेछ। महाधिवेशनमा देशभरबाट करिब ३ हजार प्रतिनिधि, नेता–कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहने जनाइएको छ।

महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा आयोजना हुनेछ भने बन्दसत्र चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ।

प्रतिनिधिहरूको खानाको व्यवस्था पार्टीले गर्नेछ भने आवास र त्यससम्बन्धी खर्च सहभागी स्वयंले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा महाधिवेशनका लागि झण्डै २ करोड रुपैयाँ संकलन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...

रास्वपा महाधिवेशनमा प्यानल बनाउन निषेध, जारी भयो आचारसंहिता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...

रास्वपा महाधिवेशनमा प्यानल बनाउन निषेध, जारी भयो आचारसंहिता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...

सभापति रवि लामिछानेको अपिल: स्वस्थ प्रतिस्पर्धाबाट नयाँ उचाइमा पुग्नेछौँ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...

बालकुमारीमा प्रहरीले चलायो गोली

काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...

रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक सुरु, महाधिवेशन तयारीबारे छलफल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...

एसियाली करातेमा एरिकालाई कांस्य

काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्।  शुक्रबार भएक...

श्रमदान गर्न जाँदा १६ वर्षीय युवक डुबेर बेपत्ता

बर्दिया। बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ जनकनगरमा कर्णाली नदीमा अस्थायी बाँध बाध्न गएका एक जना डुबेर बेपत्ता भएका छन् ।  नहरमा पानी ल्याउनका ल...

बागमतीले बगाएर एक बालक बेपत्ता, तीन जना सकुशल

सर्लाही। सर्लाहीको बागमती नगरपालिका–७, मा बागमतीखोलाले बगाएर एक बालक बेपत्ता भएका छन् भने अन्य तीन जना भने सकुशल बाहिर निस्कन सफल भएका छन् ।  बागमत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending