Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

अमेरिकी आणविक वार्ताको कुनै निश्चित मिति नतोकिएको इरानको भनाइ

खबरडबली संवाददाता

तेहरान । इरानले तेहरानको आणविक कार्यक्रमबारे संयुक्त राज्य अमेरिकासँगको वार्ताका लागि कुनै निश्चित मिति नभएको बताएको छ । 

इरानी विदेश मन्त्री अब्बास अराघची र अमेरिकी राजदूत स्टिभ विटकोफबिच हुने भेटवार्ताको योजनाबारे विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले भने, “यस विषयमा कुनै निश्चित मिति, समय र स्थान निर्धारण गरिएको छैन ।”

गत महिना इजरायलले अमेरिकाको आणविक केन्द्रहरुमा आक्रमण सुरु गर्नुअघि इरानले अमेरिकासँग वार्ता गरिरहेको थियो । अराघची र विट्कोफ नेतृत्वको प्रतिनिधिमण्डलले अप्रिलसम्ममा पाँचौँ चरणको वार्तापछि थप वार्ताको तय हुने अपेक्षाबिच कुनै सम्झौता बिना नै इजरायलले १३ जुनमा आश्चर्यजनक आक्रमण सुरु गर्‍यो जुन १२ दिनपछि रोकिएको थियो ।

“हामी कूटनीति र वार्ता प्रक्रियामा गम्भीर छौँ, हामी सद्भावका साथ प्रवेश गरेका छौँ तर सबैले देखेअनुसार, छैटौं चरणभन्दा पहिले संयुक्त राज्य अमेरिकासँग समन्वय गरेर यहूदी शासनले इरानविरुद्ध सैन्य आक्रमण गरेको थियो,” बाकाईले भने । संयुक्त राज्य अमेरिकाले गत जुन २२ मा तेहरानको दक्षिणमा कोम प्रान्तको फोर्डोस्थित युरेनियम संवद्र्धन केन्द्र र इस्फाहान र नातान्जमा रहेको आणविक स्थलमा आक्रमण गरेको थियो ।

आक्रमणबाट कति क्षति भयो भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन । सयौँको सङ्ख्यामा सैन्य, आणविक र अन्य स्थलहरूमा आक्रमण गरी इजरायलले आफ्नै आक्रमणबाट इरानी आणविक वैज्ञानिक र उच्च पदस्थ सैन्य अधिकारीसहित सर्वसाधारणको मृत्यु भएको थियो । इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो भने वासिङ्टनको आक्रमणको बदलामा कतारस्थित अमेरिकी बेसमा आक्रमण गरेको थियो ।

इजरायल र पश्चिमा राष्ट्रहरूले इरानमाथि आणविक हतियारको पछि लागेको आरोप लगाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घको आणविक ऊर्जा निगरानी निकायले युरेनियमलाई ६० प्रतिशत शुद्धतासम्म संवर्धित गर्ने एकमात्र गैरआणविक शक्ति राष्ट्र भए पनि इरानले आफ्नो भण्डारलाई हतियार बनाउन काम गरिरहेको कुनै सङ्केत आफूसँग नभएको बताएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending