Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न आईजीपी कार्कीको निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकलाई केन्द्रमा राखी उनीहरूका समस्या, गुनासो र अपेक्षाको उचित सम्बोधन गर्दै सेवा प्रवाहलाई उच्च प्राथमिकता दिन मातहतका निकायलाई निर्देशन दिएको छन् । प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल माध्यममार्फत देशभरका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले यस्तो बताएको हो ।

महानिरीक्षक कार्कीले प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई छिटो, छरितो र सहज सेवा प्रदान गर्न निर्देशन दिए। उनले कुनै पनि प्रभाव वा प्रलोभनमा संलग्न बिचौलियालाई तत्काल कानुनी दायरामा ल्याई बिचौलिया रहित, कानुनसम्मत र पारदर्शी सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

प्रहरी सेवालाई थप प्रभावकारी बनाउन प्रत्येक कार्यालयले नागरिक सहजकर्ताको व्यवस्था गर्नुपर्ने र भए गरेका प्रगति विवरणको सूचना सेवाग्राहीलाई एसएमएस मार्फत जानकारी गराउन उनले निर्देशन दिए। “शून्य सहनशीलताको नीति अनुरूप प्रचलित कानुनद्वारा निर्देशित विधि र पद्धतिको पालना गर्दै निष्पक्ष एवं गुनासोरहित सेवा प्रवाह गर्न सबै प्रहरी कर्मचारी सदैव कटिबद्ध हुनुपर्छ,” महानिरीक्षक कार्कीले भने।

अपराध अनुसन्धानका क्षेत्रमा वस्तुनिष्ठ र पारदर्शी ढङ्गले काम गर्न निर्देशन दिँदै उहाँले सीमा नाकामा हुने आपराधिक गतिविधि, गुण्डागर्दी, तस्करी र प्राकृतिक स्रोतको दोहनमा संलग्न विरुद्ध खरो रूपमा प्रस्तुत हुन प्रहरीलाई आग्रह गर्े।

यसै गरी सम्भावित विपद्जन्य घटनामा जनधनको क्षति न्यूनीकरणका लागि विशेष सतर्कता अपनाउन र पूर्वअभ्याससहित तयारीमा जुट्न समेत उनले निर्देशन दिए। भीड नियन्त्रण तथा व्यवस्थापनमा विगतका कमी–कमजोरीलाई सुधार गर्दै बल प्रयोगको सिद्धान्तलाई कडाइका साथ पालना गर्न र व्यावसायिकता प्रदर्शन गर्न उहाँको आग्रह थियो ।

सो अवसरमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी लगायतका उच्च प्रहरी अधिकारीको सहभागिता रहेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालिगण्डकीमा बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी। कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छ...

देउवाको वक्तव्य : सम्पत्तिसम्बन्धी विषय भ्रामक र झुटा प्रचारबाजी भयो

काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताएको छन्  । बुधबार स...

नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न आईजीपी कार्कीको निर्देशन

काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकलाई केन्द्रमा राखी उनीहरूका समस्या, गुनासो र अपेक्षाको उचित सम्बोधन गर्दै सेवा प्रवाहला...

स्वीस बैंकमा रहेको अवैध नेपाली रकम भए फिर्ता ल्याउन सहयोग गरिदिन गृहमन्त्री गुरुङको आग्रह

काठमाडौं । सुधन गुरुङले स्वीस बैंकमा नेपाली उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचार वा अन्य गैरकानुनी गतिविधिबाट आर्जन गरेको रकम भए त्यसलाई फिर्ता ल्याउन प...

मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

विदेशी राजदूतहरूलाई बालेनको यस्तो सन्देश

सर्लाहीमा करेन्ट लागेर बालकको मृत्यु

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा बुधबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।  स्थानीय रामचन्द्र खड्काले कुलोबाट मोटर जोडी खेत...

गृहमन्त्री गुरुङ र स्विस राजदूतबिच भेटवार्ता: भ्रष्टाचार नियन्त्रणमा सहकार्यको प्रस्ताव

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानियल मेउलीबिच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्...

चैत २७ गते राष्ट्रपतिले संसद्‌को दुवै सदनलाई सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चैत २७ गते सङ्घीय संसद्‌को दुवै सदनको संयुक्त बैठक आह्वान गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस...

आर्मीको पोष्टमा प्रहरीको आधा दर्जन गोल

बागलुङ। बाङेचौर खेलमा जारी गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फूटबल प्रतियोगितामा नेपाल आर्मीको कालीजङ्ग गण घोडाबाँधेले लज्जास्पद हार व्यह...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending