सिड्नी । सन् २०२१ मा एउटा ठूलो पनडुब्बी सम्झौतालाई लिएर भएको विवादपछि फ्रान्स र अष्ट्रेलियाबीच बढेको दूरीे रक्षा सम्बन्धमा भएको सुधारसँगै सामान्य बनेको फ्रान्सले आइतबार जनाएको छ ।
अस्ट्रेलियाका लागि फ्रान्सका राजदूत पियरे आन्द्रे इम्बर्टले अस्ट्रेलियाले फ्रान्सबाट डिजेलबाट चल्ने पनडुब्बी खरिदका लागि अर्बौं डलरको सम्झौता तोडेपछि पेरिसले ‘कडा खेद’ व्यक्त गरेको थियो भने त्यसपछि दुई देशबीचको सम्बन्धमा दरार आएको थियो ।
सन् २०२२ मा प्रधानमन्त्री एन्थोनी अल्बानिजको निर्वाचनपछि रक्षा सम्बन्धमा ‘पुनः सुधार सुरु’ भएको उनले बताए ।
“अब, हाम्रो सहयोगको पहिलो स्तम्भ रक्षा र सुरक्षा हो, त्यसैले हामीसँग धेरै राम्रो स्तरको सहयोग छ,” राजदूत इम्बर्टले एएफपीसँग भने ।
अस्ट्रेलियाले फ्रान्सेली सम्झौतालाई त्यागेपछि उसले संयुक्त राज्य अमेरिका र बेलायतसँग नयाँ त्रिपक्षीय एयुकेयुएस सम्झौतामा आणविक–सञ्चालित जहाजहरू खरिद् गर्ने बाटो रोजेको थियो ।
गत महिना एक अमेरिकी रक्षा अधिकारीले एयुकेयुएसलाई ‘राष्ट्रपतिको अमेरिका फस्र्ट एजेन्डासँग मिल्दोजुल्दो’ र अमेरिकी रक्षा औद्योगिक आधारले ‘उनीहरूको आवश्यकता पूरा गरिरहेको’ सुनिश्चित गर्न पुनरावलोकन भइरहेको बताएका थिए ।
एयुकेयुएस सम्झौता अन्तर्गत अष्ट्रेलियाले १५ वर्षभित्र संयुक्त राज्य अमेरिकाबाट कम्तिमा तीन भर्जिनिया क्लास (सिजिएन ३८ क्लास) पनडुब्बीहरू अधिग्रहण गर्ने र आफ्नै पनडुब्बी जहाजहरू उत्पादन गर्नेछ ।
अमेरिकी नौसेनासँग भर्जिनिया क्लासका २४ वटा पानीजहाज छन् तर अमेरिकी शिपयार्डहरू हरेक वर्ष दुई नयाँ डुङ्गामा निर्धारित उत्पादन लक्ष्यहरू पूरा गर्न सङ्घर्ष गरिरहेका छन्। यदि एयुकेयुएस सम्झौता पुनरावलोकनबाट पारित भयो भने फ्रान्सले अस्ट्रेलियासँग नयाँ पनडुब्बी सम्झौताबारे छलफल गर्नेबारे कहिल्यै विचार गर्नेछ कि भनेर सोधिएको प्रश्नमा फ्रान्सेली राजदूतले आफू अनुमान गर्न अनिच्छुक रहेको बताए ।
“म भन्छु, यो अहिले अस्ट्रेलियाका लागि बढी मुद्दा हो र निस्सन्देह पनि, हामी सँधै अष्ट्रेलियाका हाम्रा साथीहरूसँग छलफल गरिरहेका छौँ,” उनले भने । “तत्कालका लागि उनीहरूले एयुकेयुएस रोजेका छन्,” उनले भने । “यदि यो परिवर्तन हुन्छ (र) उनीहरूले सोध्छन् भने हामी यसबारे सोच्नेछौँ ।
अस्ट्रेलिया र पपुवा न्युगिनीमा आइतबारदेखि सुरु भएको तीन साता लामो वार्षिक तालिसमान साबर सैन्य अभ्यासमा १९ देशका ३० हजारभन्दा बढी सैनिक सहभागी हुने भएका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: