Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

समयानुकूल र प्रभावकारी कानुन मस्यौदा गर्न कानुनमन्त्री गौतमको आग्रह

खबरडबली संवाददाता

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानुन निर्माण गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छिन्।

बुधबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग आगामी दिनमा आवश्यक पर्ने कानुन निर्माणका विषयमा छलफल गर्दै मन्त्री गौतमले प्राथमिकता क्रम निर्धारण गरी विधेयक तयार गर्न आग्रह गरेको हो । कानुन मन्त्रालयमा भएको छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थ मन्त्रालयका उच्च पदाधिकारीको सहभागिता थियो ।

छलफलका क्रममा कानुनमन्त्री गौतमले भनिन्, “मन्त्रालयसँग सम्बन्धित भएर आम रूपमा उठेका चासोलाई समेट्दै विधेयकहरूको सूची तयार गर्नुस् । प्राथमिकताहरू छुट्याएर समयमै पठाउनुहोस् ।” मन्त्रालयको लक्ष्य र नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानुनी आधार तयार हुनुपर्ने उहाँको भनाइ थियो । लक्ष्यलाई व्यवहारमा रूपान्तरण गर्ने माध्यम कानुन नै भएको उल्लेख गर्दै मन्त्री गौतमले प्राथमिकताका आधारमा स्पष्ट कार्यतालिका तयार गरी कानुन निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिइन्।

बैठकमा विज्ञान मन्त्री पुनले मन्त्रालय हाल अवधारणा विकास तथा नीति तयारीको चरणमा रहेको जानकारी दिँदै सरोकारवालाहरूसँग निरन्तर छलफल भइरहेको बताइन्। उनले प्राथमिकताका क्षेत्र पहिचान गर्ने काम भइरहेको उल्लेख गर्दै दिगो विकासका लागि अनुसन्धान र नवप्रवर्तन अपरिहार्य रहेको धारणा व्यक्त गरिन्।

यसै गरी गृह मन्त्री गुरुङले प्राप्त सुझाव तथा प्रतिक्रियालाई मन्त्रालयले सकारात्मक रूपमा लिएको बताउँदै विद्यमान पुराना कानुनका कारण कतिपय सुधारका प्रयासमा चुनौती देखापरेको उल्लेख गरिन्। उनले सुशासन प्रवर्धनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिँदै दीर्घकालीन, स्थिर तथा व्यावहारिक कानुन निर्माणमा जोड दिइन् ।

ऊर्जामन्त्री श्रेष्ठले कानुन निर्माण मात्र नभई त्यसको प्रभाव र कार्यान्वयनको परिणामलाई समेत ध्यान दिनुपर्ने उल्लेख गरे। विधायन ऐन, २०८१ को मर्म अनुसार कानुन निर्माण प्रक्रियामा कानुन मन्त्रालयले प्रभावकारी नेतृत्व र स्वामित्व ग्रहण गरेको भन्दै उनले प्रशंसा गरे। मन्त्री श्रेष्ठले ऊर्जा तथा लगानीसँग सम्बन्धित क्षेत्रमा विद्यमान कानुनी व्यवस्थाले वर्तमान आवश्यकतालाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेको उल्लेख गर्दै समयानुकूल सुधारको आवश्यकता औँल्याए। विकास र वातावरण संरक्षणबिच देखिने द्वन्द्वलाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।

अर्थ मन्त्रालयका प्रतिनिधिले आवश्यक विषयहरूको सूची तथा सुझाव चाँडै उपलब्ध गराइने जानकारी दिँदै सम्बन्धित विषयमा तयारी र छलफल भइरहेको बताएका छन् । समन्वयात्मक ढङ्गले काम अगाडि बढाउने उनीहरूको प्रतिबद्धता थियो । अर्थमन्त्री उपत्यका बाहिर रहनुभएकाले बैठकमा उपस्थित हुन सक्नुभएको थिएन ।

कानुन मन्त्री गौतमले सरकारको सय बुँदे कार्ययोजना अनुसार सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक कानुनहरूको निर्माण तथा विद्यमान कानुनमा संशोधनका लागि विधेयकहरू तर्जुमा गर्न अन्तरमन्त्रालय छलफल चलाइरहेको छिन् । साथै, विधायन ऐन अनुसार आगामी आर्थिक वर्षमा सदनमा पेस गरिने विधेयकको सूची असार मसान्तभित्र बुझाउन उनले मन्त्रालयलाई मार्गदर्शन समेत गरिरहको छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मिदिम खोलाको किनारमा ४० वर्षीय पुरुष मृत फेला

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङक...

लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशन प्रवेशमा रोक लगाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । महामन्त्री कबिन्द्र ब...

भैरहवामा ४१.५ डिग्री तापक्रम, विभिन्न जिल्लामा भारी वर्षा

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम पनि ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो...

विवादित अभिव्यक्तिबारे मन्त्री लम्सालको संसद्मा स्पष्टीकरण, “कसैलाई हतोत्साही बनाउने मनसाय थिएन”

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आफ्नो विवादित अभिव्यक्तिबारे संसद्मा स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नहर...

समयानुकूल र प्रभावकारी कानुन मस्यौदा गर्न कानुनमन्त्री गौतमको आग्रह

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानुन निर्माण गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छिन्। बुधब...

सभामुख अर्याल र युएईका राजदूतबिच शिष्टाचार भेटवार्ता

काठमाडौँ। सङ्घीय संसद्‍ प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले शिष्ट...

तीन वर्षभित्र सबै पहिरोको व्यवस्थापन र तीन हजार नयाँ पुल निर्माण हुन्छन् : मन्त्री लम्साल

एक लेनका सबै सडक दुई लेनमा विस्तार गरिने

भौतिक मन्त्रालयले १० खर्ब बराबरका आयोजना एकैपटक टेन्डर प्रक्रियामा लैजादै

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षमा करिब १० खर्ब रुपैयाँ बराबरका पूर्वाधार आयोजना एकैपटक टेन्डर प्रक्रियामा लैजाने तया...

नारायणी र भोटेकोसीमा बगेका दुई जनाको सकुशल उद्धार

चितवन। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । नवलपरासी (बर्दघाट स...

पूर्वाधार बजेट तीन वर्षे योजनाअनुसार विनियोजन गरिएको हो : भौतिकमन्त्री लम्साल

काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यस वर्षको पूर्वाधार बजेट तीन वर्षे योजनाअनुसार विनियोजन गरिएको बताएका छन् । संसद्मा बजेटमाथि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending