Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

जयपृथ्वी राजमार्गको अवस्था दयनीय, वर्षातमा यात्रा गर्न सस्ती

खबरडबली संवाददाता

बझाङ। जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको बागथला–चैनपुर सडक खण्डको अवस्था दयनीय बनेको छ । ४५ किलोमिटरको यो यात्रामा यात्रुुहरूले गन्तव्यभन्दा पहिले निक्कै सास्ती खेप्नुपर्ने बाध्यता छ ।

सडकमा व्यापक खाल्डाखुल्डी र वर्षातको समयमा खाल्डामा पानी जम्ने समस्याले यात्रुलाई असहज भएको छ । कतै पानी भरिएका गहिरा खाल्डा, कतै चिप्ला मोड गर्दा यात्रुलाई हैरान मात्र बनाएको छैन, बिरामीका लागि त ‘सडक’ आफैँ रोग बन्न थालेको छ ।

जयपृथ्वी राजमार्गको जालेबगर, बालुवाटार, भ्यागुते खोला लगायत थुप्रै ठाउँमा हिँउदमा सुख्खा पहिरो र वर्षातको बेला पहिरो खस्दा बेलाबेलामा सडक अवरुद्ध  हुने गरेको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोड रुपियाँ खर्चेर कालोपत्रे गरिएको यो सडक काम सम्पन्न नहुँदै बिग्रिएको छ । ओटासिल प्रविधिमा गरिएको कालोपत्रे स्थानीयले ‘गुणस्तरहीन’ भएको भन्दै ठेकेदार र आयोजना कार्यालयमाथि प्रत्यक्ष आरोप लगाएका छन् ।

स्थानीयका अनुसार सडक बनाउनुभन्दा ठेकेदार र सरकारी कर्मचारीले छिटो मुनाफा कमाउनमा ध्यान दिएको कारण सढको यो अवस्था भएको हो। बर्सेनि करोडौं बजेट विनियोजन हुने गरे पनि काम समयमै नहुँदा समस्या झन गहिरिँदो छ । यो सडकका कारण यात्रु मात्र होइन, चालक र गाडी व्यवसायी पनि हैरान छन ।

गाडीको पाटपुर्जा बिग्रिनु, हर्न काम नगर्नु, इन्जिनले साथ नदिनु सामान्य बनिसकेको छ। यातायात व्यवसायी चक्र बोहराका अनुसार, बागथलादेखि चैनपुर पुग्न डेढ घण्टा लाग्ने बाटो अहिले ५ घण्टा लाग्छ ।

स्थानिय दीपकराज जोशी भन्नुभयो, निर्वाचित सांसदलाई सडकको अवस्था सुधार्न भनियो, तर कसैले वास्ता गरेन। नेताको चासो नदेखाउनु , ठेकेदारको मनपरीका कारण आम जनताको सास्ती खेप्नुपरेको उनको भनाइ छ । जयपृथ्वी राजमार्गको बागथला–चैनपुर खण्ड जनताका लागि कष्टको प्रतीक बनेको छ । ठेकेदार, आयोजनाको उदासीनता, राजनीतिक बेवास्ता र प्राविधिक कमजोरीको समष्टि परिणाम अहिले जनताको दु:खमा परिणत भएको छ ।

सरकारले रणनैतिक सडक पुल निर्माण, सडक पूर्वाधार विकास कार्यक्रम, राजमार्ग स्तरोन्नति तथा पुन:स्थापना कार्यक्रमलगायत विभिन्न योजनामार्फत करोडौँ रुपियाँ खर्च गरिरहेको भए पनि सोहीअनुसारको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सडक पूर्वाधारको यस्तो अवस्था जारी रहँदा बझाङका बासिन्दाले दैनिक सास्ती भोग्न बाध्य भएका छन् ।

सडक डिभिजन कार्यालयका बैतडीका निमित्त प्रमुख लक्ष्मणदत्त जोशीले खाल्डाखुल्डी पुर्न तथा सडक मर्मतका लागि आगामी बजेटमा समावेश गरिएको र साउन महिनामै ठेक्का प्रक्रिया अगाडि बढाउने तरिकाले काम भइरहेको बताए ।

उनले वर्षातको बेला विभिन्न ठाउँहरुमा पहिरोका कारण सडक अवरुद्ध हुने भएकाले बढी पहिरो जानसक्ने ठाउँहरुमा दुई वटा स्काइभेटर लगाएर पहिरो जाँदा पन्छाएर सडक खुलाउने काम भइरहेको बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending