Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । प्रदेश र सङ्घीय सरकारले मेलम्ची नगरपालिका वडा ९ स्थित  प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ मा पूर्वाधारका लागि  उचित बजेट विनियोजन नगर्दा ओझेलमा परेको छ ।  

पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको सो स्थानमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि जनचेतना जगाउने ध्येयले ‘वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान’ भन्ने नाराका साथ पत्रकार पदयात्रा–२ आयोजना गरिएको छ । 

सम्पादक समाज नेपालद्वारा मेलम्ची नगरपालिकाको आतिथ्यमा मेलम्ची –९ स्थित  गुफाडाँडामा शनिबार आयोजित सो कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो । 

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुफाडाँडाको पर्यटकीय सम्भावनालाई प्रदेश र सङ्घ सरकारले उचित ध्यान दिन नसकेको गुनासो गरे । 

“मुख्यमन्त्रीदेखि मन्त्रीहरूसम्म यहाँ आएर जनताको माझमा गरेका प्रतिबद्धताहरू अझै पूरा भएका छैनन् । यसले देखाउँछ कि प्रदेश सरकारले जनतालाई झुटा आश्वासनमात्र दिएको हो”, उनले भने । 

उनले गुफाडाँडालाई प्राकृतिक सुन्दरता, धार्मिक तथा सांस्कृतिक महत्त्वले भरिपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावनालाई औँल्याउँदै राज्यको चासो र लगानीको खाँचो रहेको बताए ।

मेलम्ची –९ वडाध्यक्ष किरणदीप खड्काले गुफाडाँडाको महत्त्व  र हालसम्म भए गरेका कामका बारेमा जानकारी गराए । उनले तीन तहका सरकारमध्ये स्थानीय तहले मात्र चासो दिँदा पर्यटकीय सङ्ख्यामा उल्लेख्य वृद्धि नभएको र अझै थुप्रै संरचना बनाउन आवश्यक रहेको बताए। 

सम्पादक समाज नेपालका सस्थापक अध्यक्ष किरण वैद्य र महासचिव श्याम डोटेलले ‘वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान’ विषयक अन्तरक्रियाले यस भेगको समस्या र चिन्तालाई बाहिर ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 

पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दङ्गालले तीन तहका सरकारबीच सहकार्य र समन्वय नहुँदा कतिपय काम ओझेलमा पर्ने गरेको बताउँदै त्यसको उदाहरणका रूपमा गुफाडाँडालाई लिन सकिने बताए । 


कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले वातावरणीय सङ्कट र जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउने कार्यमा सञ्चारको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । साथै, जलवायु परिवर्तनविरुद्ध जुध्न स्थानीय, प्रदेश र सङ्घ सरकारबीच समन्वयात्मक नीति र दीर्घकालीन योजना आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।

कार्यक्रम क्यौलेठाना आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।  गुफाडाँडा क्षेत्रलाई राष्ट्रिय जलवायु सम्मेलनस्थलका रूपमा विकास गर्न सकिने सम्भावना रहेको जनाउँदै सहभागीहरूले आवश्यक पूर्वाधार र बजेट सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यान्वयनमा आएन घोषणापत्र

विसं २०७७ मा तत्कालीन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा देशभरका ७७ वटै जिल्लाको सहभागितामा प्रथम जलवायु सम्मेलन कार्यक्रम आयोजना गरिएको थियो । 

यसका लागि तत्कालीन जिल्ला समन्वय  प्रमुख कृष्णगोपाल तामाङले समन्वय गर्नुभएको थियो । जलवायु सम्मेलनदेखि नै गुफाडाँडाको चर्चा परिचर्चा हुन थालेको हो । जलवायुसम्बन्धी १० बुँदे घोषणापत्रसमेत जारी गरिएको थियो ।

काठमाडौँबाट ५४ किलोमिटरमा रहेको गुफाडाँडामा सोही बखत वातावरण र पृथ्वीलाई जोखाउनुपर्छ भन्ने सन्देश दिने खालको मानिसले पृथ्वी बोकेको प्रतिमा राखिएको छ । 

प्रतिमासम्म पुग्नका लागि सिँढी र सिँढी दायाबायामा ७७ जिल्लाको नाम र नेपालको झण्डा निर्माण गरिएको छ । सोपश्चात भ्यूटावर र अन्य पूर्वाधारको कामको थालनी भएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending