Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण दिने कार्यविधि कार्यान्वयनमा कहिले आउला ?

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । चर्को ब्याजदरमा ऋण लिएर वैदेशिक रोजगारीमा जाने मानिसहरूलाई सहज बनाउन भन्दै श्रम मन्त्रालयले तयार गरिरहेको बिना धितो ऋणसम्बन्धी कार्यविधि एक वर्षभित्र कार्यान्वयनमा आइसक्ने अधिकारीहरूले बताएका छन्।

'वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई बिना धितो ऋण उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२' अनुसार वैदेशिक रोजगारीमा जान चाहने तर ऋण नलिई सम्भव नहुने विपन्न वर्गका मानिसहरूलाई कर्जा उपलब्ध गराउने प्रस्तावमाथि छलफल भइरहेको उनीहरूले बताएका हुन्।

बिना धितो ऋण उपलब्ध गराउँदा तिर्न नसक्ने अवस्था अपवादमा मात्रै हुने भएकाले श्रमिकहरूलाई सहुलियतमा कर्जा उपलब्ध गराउन त्यति समस्या नहुने ब्याङ्कर्स अशोसियसनले बताएको छ।

तर एकजना श्रम मामिला विज्ञ भने सरकारले विपन्नका लागि दिइने ऋणको व्यवस्था विगतमा पनि धेरै गरेको र सफल हुन नसकेका कारण यो केवल प्रचारबाजी जस्तो देखिएको बताएकी छन्।

भारतबाहेक अन्य देशमा वैदेशिक रोजगारीमा जान चाहने तर पैसा जुटाउन नसक्नेलाई लक्षित गरिएको उक्त कार्यविधिको मस्यौदा समितिको संयोजकमा मन्त्रालयका सहसचिव जीवलाल भुसाल रहेका छन्।

उनका अनुसार अहिले कार्यविधिमा गरिएको प्रस्तावबारे नेपाल राष्ट्र बैङ्कलगायत सरोकारवालाहरूसँग छलफल भइरहेको छ र यो आर्थिक वर्षभित्रै कार्यान्वयनमा आउने छ।

वैदेशिक रोजगारीमा जानेहरू नठगिऊन् र औपचारिक माध्यमबाट जाऊन् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको उनले बताए।

"यसको मुख्य जिम्मेवारी नेपाल राष्ट्र ब्याङ्कको हुन्छ। विपन्नहरूलाई दिने कर्जा अन्तर्गत सहुलियतपूर्ण कर्जा ब्याङ्कहरूमार्फत् दिनको निम्ति सहजीकरण गर्ने हो। राष्ट्र ब्याङ्कले यसलाई सकारात्मक रूपमा लिएको छ र यसलाई व्यापक रूपमा बढाउने उद्देश्यले ल्याइएको हो," सहसचिव भुसालले बीबीसीसँग भने।

"श्रमिकको लागत ब्याङ्कमार्फत् नै पठाइदिने व्यवस्था गर्न सकियो भने यसको दुरुपयोग पनि हुँदैन र लक्षित वर्गले पाउन सक्छन्।"

बिना धितो ऋण कुन-कुन देश जानेलाई ?

अहिले कार्यविधिमा प्रस्ताव गरेअनुसार आधार दरमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भनिएको भुसालले बताए।

"हामी अहिले मन्त्रालय र राष्ट्र ब्याङ्क, ब्याङ्कर्स अशोसियसन अनि सरोकारवालाहरूसँग कुराकानी गरिरहेका छौँ। यसलाई छिट्टै टुङ्ग्याउने र स्वीकृतिका लागि पेस गर्ने हिसाबले लागिरहेका छौँ," भुसालले भने।

यो कार्यविधिमा कुन-कुन देश जानेलाई ऋण दिने भन्ने विषय उल्लेख गरिएको छैन। तर यसले भारतमा जाने मानिसहरूलाई भने नसमेटिने बताइएको छ।

वैदेशिक रोजगारीमा जानेलाई कतिसम्म बिना धितो ऋण दिन सकिन्छ भन्ने कुरा यकिन नभइसकेको र त्यसबारे राष्ट्र ब्याङ्कसँग छलफल भइरहेको श्रम मन्त्रालयले जनाएको छ।

गत वर्षको मौद्रिक नीतिले वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई सहुलियतपूर्ण कर्जा दिने भनेपछि त्यसलाई कार्यान्वयन गर्न नेपाल राष्ट्र ब्याङ्कले एकीकृत निर्देशन जारी गरेको थियो।

सरकारले ल्याएको त्यही नीति अनुसार अहिले ग्लोबल आईएमई लगायतले सहुलियतमा कर्जा उपलब्ध गराइरहेको बताइएको छ।

नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुरु पौडेलले यसमा केवल समस्या भनेको बैङ्कहरूले बिना धितो ऋण दिँदा ऋण तिर्न नसकेको अवस्थामा उक्त रकम तिर्ने सुनिश्चितता कसले गर्छ भन्ने मात्रै हो।

"बाहिरको एजेन्ट राम्रो छ र भोलि रेमिटेन्स पनि त्यही ब्याङ्कबाट आउन सक्छ भन्ने सुनिश्चित भयो भने उहाँहरूले जोखिमको विश्लेषण गरेर दिन सक्नु होला," बीबीसीसँग बोल्दै उनले भने।

"वैदेशिक रोजगारीमा गएर कमाउन नसक्ने भनेको दुर्घटना हुने वा भवितव्य त्यस्तो केही पर्‍यो भने हो। त्यस्तो हुने केस नै कति होला र? फेरि त्यसलाई अरू बिमाहरूले कभर गरिहाल्छन्।"

उनले सस्तो लोकप्रियताका नाममा कार्यक्रम ल्याउन भन्दा पनि ती कार्यक्रमहरूलाई प्रभावकारी बनाउन कर्जा तिर्न सक्ने कुराको प्रत्याभूति हुनुपर्ने बताए।

"यदि तिर्न सकेन भने वित्तीय प्रणालीलाई सुरक्षित गर्न संयन्त्र के छन् त? राज्यले केही प्रतिशत ब्याङ्किङ कोषका लागि राज्यको संयन्त्र वा बिमा कम्पनीले सपोर्ट गर्नुपर्छ। त्यो भयो भने हामी बैङ्किङ वित्तीय संस्थाहरूलाई दबाव दिन सक्छौँ। यसलाई पुनः निर्देशन जारी गरेर प्रभावकारी बनाउन पनि सक्छौँ।"

नेपाल बैंकर्स अशोसियसनका प्रमुख कार्यकारी अधिकारी अनिल शर्माले नेपाल राष्ट्र ब्याङ्कले आफूहरूलाई निर्देशन दिएपछि बैङ्कहरूलाई त्यस्तो ऋण उपलब्ध गराउन गाह्रो नहुने बताए।

"ऋण लिएर गएकाहरूले आफूले आम्दानी गर्न थालेपछि तिरिहाल्छन्। केही थोरैले मात्रै नतिर्ने भन्ने होला। त्यसैले ऋण उपलब्ध गराउन ब्याङ्कहरूलाई समस्या हुँदैन," अशोसियसनका शर्माले भने, "नदिएको अवस्थामा के गर्ने भन्नेबारे छलफल हुनु पर्छ।"

कार्यविधि बनिसकेपछि राष्ट्र ब्याङ्कको निर्देशन अनुसार आफूहरूले त्यसको पालना गर्ने शर्माले बताए। "कार्यविधि बनेर राष्ट्र ब्याङ्कले यस्तो गर भनिसकेपछि ब्याङ्कहरूले मान्नै पर्‍यो," उनले भने।

तर श्रम मामिला विज्ञ मीना पौडेल भने सरकारले ल्याउन लागेको कार्यविधि सिद्धान्तत: राम्रो सुनिए पनि व्यवहारिक नभएको र कार्यान्वयनमा जान नसक्ने देखिएको बताउँछिन्।

"अहिले मिटरब्याजी साहुहरू र सहकारी ठगीबाट श्रमिकहरू ठगिएका छन् भने अब त राज्यले नै मिटरब्याजीको भूमिका खेल्न थाल्यो," पौडेलले भनिन्।

"सकेसम्म धेरै मानिस बाहिर जाऊन्, धेरै रेमिटेन्स पठाऊन्, जति धेरै रेमिटेन्स पठायो त्यति यहाँ अर्थतन्त्र चलायमान हुन्छ भन्ने खालको स्वार्थ र प्रचारबाजी निर्णय हो। यसको कुनै धरातल छैन।"

विपन्नलाई सहुलियतमा ऋण दिने भन्ने विगतका कुनै पनि योजनाहरू सफल हुन नसकेको बताउँदै उनले सरकारले अहिले भ्रम छर्ने र प्रचारबाजी गर्ने काम मात्रै गरेको बताइन्।

"राज्य शक्तिले जबरजस्ती म ऋण दिन्छु तँ जा भनेर धकेलेर विपन्न खालका शोषण गर्न सकिनेलाई धकेलेर झन् जोखिममा पार्दैछ," पौडेलले बताइन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के पानी इरान युद्धमा हतियारका रूपमा प्रयोग हुन सक्छ ?

काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...

चितवनमा तोरीको उत्पादन घट्यो

चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ ।  कृषि विकास कार्यालयका कृषि ...

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...

नेकपाले पनि समानुपातिक सांसद आज टुंगो लगाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ।  निर्वाचन आयोगले तीन दिनभित्र सम...

समानुपातिक सांसद छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।  कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...

रास्वपा बैठकको एजेन्डा- समानुपातिक सांसद छान्नेदेखि बालेनलाई दलको नेता बनाउनेबारे छलफलसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...

अपर ठूलोखोला जलविद्युत आयोजनाको बिजुली केन्द्रीय ‘लाइन’मा जोडियो

म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...

मनकामना माइक्रोबस दुर्घटनाः ७ जनाको मृत्यु, घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार हुँदै

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।  मनकामना मन्दिर दर्शन गरेर फर्कंद...

ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना

कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ ।   बजार अनुगमनका ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: